Pages

Pages

Friday, March 21, 2014

कलाकार

अस्तव्यस्तताको आदि–गर्तबाट व्यबस्थाका छाल उठे
एकले अर्कोलाई घुचेडी सागरमा झैं लाम छुटे,
नियमित नाडी र लयात्मक ताल
निश्चित गर्दथे पुनरावृत्ति सिहरहरूको बारंबार ।
आदि–गर्तमा तैरिरहेथे उडूँउडूँ गर्ने फिंजफोका
ढाके व्योम अनन्त उल्लासी
टिरलिर कम्पित स्वरलहरीमा चर्को सुखको क्षणभरी
सृष्टिको त्यो प्रथम दिवसमा खुसीका विन्दु अति रो‘का ।
ज्योतिको त्यो बाँसुरी गुञ्जन चर्र चिरिकन अनकण्टार
च्याती अस्तव्यस्त सृष्टिपूर्वको मीश्रक्षार झैं चमत्कार–
द्वारा मोक्ष दिलाउन जागृत आत्माहरूकन सदासदा
रातको बन्धनबाट र मुक्ति दिलाउन पनि यदाकदा
जडको रासबाट उचाली, यसरी अव्यबस्थित नास्ति
व्युँझि आयो प्राण भरिदिंदा ज्योतिको त्यो बाँसुरीले,
जड पनि जाग्यो मातृभावमा, अनुकरण तिम्रै गर्न सिके
दिव्यकलाको, कलाकार भने सदासदा ती कतै छिपे ।

तीनका आत्माकन ज्योति थियो संगीत तमको निन्द्रामा
तर तिनले कुनै धून सुनेको भ्रम लिएर छक्क परे,
कान तिखारी, आँखा तानी, ध्यान दिई ती सुन्न बसे
र अनकण्टारका कुसूमपराग अनुभव गर्दै खूब रमे ।
कलाकार ती ह्द–ढुक्ढुकमा पाई बन्धी पार्ने प्रयास
गर्थे सबले आलिङ्गनको कण्टक झैं ली चस्किने आस
विफलतामा रोए सारा, रोदन–आद्र भयो प्रकाश,
घुर्की लगाए छली कलाकारलाई गराउँदै होसियार
किन कि यिनले पक्रिन पाए एक फेरा उसको वस्त्रफेर
बाँधिराख्ने प्रण गरी बस्थे, लुक्न नदिने अब एक बार,
सिर्जन नदिने चर्को दु:खको अवस्था यस्तो अब धेर ।

तर ऊ हाँस्यो दिलमा हर्ष उकासी आफ्नो सृष्टिसामु
किन कि उसलाई ज्ञान थियो कि कलाकृति र सर्जक बीच
घनिष्टताको सम्बन्ध थियो तर थियो पनि दूरी अति लामो ।

वैशाख १६, २०६७


No comments:

Post a Comment