२०७३ साल भदौ १७ गते मालिन्डो चढेर म र मेरी श्रीमती क्वालालम्पुर तर्फ प्रस्थान ग¥यौं । करीब पा“च घण्टाको उडान अवधिपछि टर्मिनल १ मा उत्रियौं । हामीलाई टर्मिनल २ बाट एअर एशिया समात्नु थियो । आफ्नो सामान लिनु अगाडि छोटो अवधिकालगि भए पनि भिजाका निम्ति निवेदन दिनु थियो । यस प्रकारको अनुभव प्रथम बार गर्दै गरेका हामीलाई कताबाट कता जाने हो भन्ने थिएन । विमानस्थल निकै ठुलो भएकोले गर्दा बाटो र ठाऊ“ खोज्दै खोज्दै तल र माथि, दाया“ र देब्रे गर्दै बल्लतल्ल ट्रेन चढ्ने ठाऊ“सम्म पुगियो । त्यहा“ भित्र छिर्न विद्युतीय ढोका थिए जसको अगाडि हामी पुग्दा तीन चार युवा कामदार गफ गरेर उभिएका देख्यौं । ती मध्येका एकजना हामीलाई देखेर आए । उनी नेपाली रहेछन् र उनका साथीहरू पनि ।
केही कुराकानी गरेपछि ती युवाले हाम्रा ठुलाठुला बाकसहरू समातेर गुडाउ“दै भने, “आउनुहोस्, म लगिदिन्छु ।” उनिले हामीलाई ट्रेन चढ्ने ठाऊ“सम्म लगिदिए । हामी उनिलाई धन्यवाद भन्न खोज्दै थियौं, ट्रेन आइपुग्यो । फेरी हाम्रा बाकस गुडाउ“दै उनि ट्रेनभित्र छिरे र हामीलाई पनि बोलाए । हामी पछि लाग्यौं र धन्यवाद भन्न चाहिरहेका थियौं । उनले भने, “म उतैसम्म पु¥याइदिन्छु ।” आस नगरेको सहायता पाएर हामी मनमनै दङ्ग भयौं । मेरी श्रीमतीले भनिन्, “किन कष्ट गर्नु प¥यो र ? हामी गइहाल्छौं नि π” उनि हा“स्दै भने, “हैन, के भो र ? हामी यस्तै सहायता गर्न बसेका हौं ।”
कुरा चल्दै जा“दा थाहा भयो यी सहयोगि युवा सिन्धुपाल्चोकका कृष्ण थापा मगर रहेछन् । क्वालालम्पुर विमानस्थलमा काम गरेर बसेको छ वर्ष भएछ । उनिले कथा पनि हाले – कैयौं यात्रु थाहा नपाएर टर्मिनल १ मै बसिरहेका हुन्छन् र उनिहरूको उडान छुटेर पछि दुःख पाउ“छन् रे π यसैले हामीलाई लगेज चेक इन् पनि उनैले गराइदिए । म र मेरी श्रीमती निकै थाकिसकेका थियौं । त्यसैले पनि मैले उनिलाई कृतज्ञता व्यक्त गर्नकै निम्ति पनि केही चीसो वा तातो पिउन निम्ताए“ । उनिले हामी हाल भएको तलामा खाना मह“गो हुने हुनाले आर्को तलामा जाने प्रस्ताव राखे र हामी उनिस“गै आर्को तलामा ओर्लियौं ।
त्यहा“ एक जना भारती नागरिकले चलाएका पसलमा रोटीचने खान कृष्णले प्रस्ताव राखे । त्यो चिल्लो हुन्छ कि भनेर यसो यताउति अरू कुरा खोजेपछि कस्तो रहेछ भनेर बुझ्न एक प्लेट मात्र अर्डर गरें र पैसा तिर्न थैलो निकाल्न हात खल्तितिर लगें । कृष्णले मानेनन् र भने, “हैन, म तिर्छुं ।”
मैले पनि मानिन, “त्यो त हुनै सक्दैन । म तिर्छुं ।”
उनि पनि कमका थिएनन् । केही बेरमै उनिले जिते, “मलाई तपाईंहरू आफ्नै आमाबाबु जस्तो लागिरहेको छ । म यही“ कमाएर बसेको छु । मेरो कमाई खुवाउन मन लाग्यो ।” उनिले वास्तवमा दुईदुई प्लेट रोटीचने र तीनवटा कफी मगाई छाडे ।
हामीले पनि त्यसो भए छोराछोरीले पनि त आमाबाबुले भनेको मान्नु पर्छ । हामीस“गै बसेर एक प्लेट रोटीचने खान प¥यो भनेर किनिदियौं । अनि तीनै जना बसेर खायौं, गफ ग¥यौं र बाटोको दुःख एकैछिनकालागि भए पनि भुल्यौं । मानौं यो यौटा पारिवारिक जमघट थियो ।
भदौ २१, २०७३

No comments:
Post a Comment