मलाई एक टुक्रा आकाश
जहाँ न ग्रह, नतारा,
न बादल, न चराचुरुङ्गीले
मेरो एक्लो उडानमा अवरोध ल्याउन सकुन ।
उक्लिरहुँ म अझ माथि ।
केवल नीलो ज्योतिपथको एक टुक्रा
जसले मेरो पूर्णताको कदर गर्दै
ज्योर्तिकणको समयहिनताको
बोध गराओस्,
आनन्द दिलाओस् ।
यहि जाति ।
यस ढुङ्गे पृथ्वीभन्दा पर,
यस पशुपोषक हरियालीभन्दा धेरै माथि,
एकलासको प्रवाहमा एक्लै जाति ।
शब्दहिन शून्यमा आनन्दी
कल्पनामा उडिरहूँ म
तरङ्गिइँदै सचेत सदा सदा
रमिता आफ्नै, रम्दो आफैं,
उडिरहूँ म ! त्यहि जाति !
माथि, माथि, अझ माथि !
No comments:
Post a Comment