पद्म देवकोटा
सन् १९७०को दशकारम्भमा जुन दिन मैले विज्ञानको अध्ययन छाडेर बि.ए.मा साहित्य विषय लिएर पढ्ने निधो गरें, त्यस दिनदेखि मेरा हितैषीहरूले मेरो निर्णयविरुद्ध तर्क सुनाउन थाले — साहित्यले खान दिंदैन, यो फुर्सदको बेलाको मनोरञ्जन हो, अरू विषयभन्दा कम उपयोगी छ, आदि । वास्तवमा मेरा हितैषीहरू बेठीक थिएनन्, तर उनिहरूले साहित्य पढेका भने थिएनन् । उनिहरू साधारण जनताको त्यो समूह थिए जसले कवि तथा साहित्यकारको जीवन देखेसुनेको आधारमा आफ्ना निश्कर्षहरू निकालेका थिए । र वास्तवमै त्यस युगका नेपाली साहित्यकारहरूले आफ्ना कृति उत्पादनका आधारमा जीवन धान्न सम्भव पनि थिएन । यसले गर्दा कुनै पनि जवान मानिसको साहित्यप्रतिको मोहलाई परिवार र समाजले समर्थन गर्न कठीन थियो । बाबु–आमा चाहान्थे कि छोराछोरी आयआर्जनमूलक पेशामा लागुन्; डाक्टर, इन्जिनियर, लयर, व्याङ्कर बनुन्; र केही नलागे सेना वा सरकारको सेवामा जाउन् ।
अनि सन् १९९०को दशकारम्भमा जव मेरा विद्यार्थीहरूलाई मैले सल्लाहा दिनु पर्यो, म यसरी बोल्न थालें, “पैसा कमाउने भए अन्त जाऊ । साहित्य नै पढ्ने हो भने मनोरञ्जन मात्र नखोज किनभने मनोरञ्जन नदिने साहित्य पनि पढ्न बाध्य हुने छौ । अनि त्रिभुवन विश्वविद्यालयको मानविकी नामको “कमजोर दिमाग” कहलिएकालाई (किनभने “तेजिला दिमाग” हुनेले विज्ञान पढ्छ भन्ने अन्धविश्वास थियो) भेला गर्ने डिब्बाभित्रको अंग्रेजी साहित्य विभागमा छिरेर प्रतिष्ठा खोज्नु गल्ति हुनेछ है † आजको समाजमा प्रतिष्ठाको निम्ति राजनीति गर, पत्रकार रिजाऊ, चाकरी गर, आफ्नो माफिया तयार गर, तर साहित्यको सोझो विद्यार्थी नबन ।” यसरी मैले सल्लाहा पाएको समय र मैले सल्लाहा दिन थालेको समयको अन्तरालमा साहित्य मनोरञ्जनको विषय मात्रै रहेनछ भन्ने कुरा जनसाधारणले बुझिसकेको थियो । साहित्य रचेर त आजसम्म पनि धन कमाइदैन, तर अध्ययन तथा अध्यापन गरेर यसबाट धेरैले आफ्नो जिविका चलाइरहेका छन् । प्रतिष्ठा भने त्यस बेलादेखिकै प्रदुषित राजनीति र गुन्डागर्दीको वातावरणमा अध्ययन तथा अध्यापन पेशाबाट गुमिसकेको अनुभव थियो ।
आज त्यसको पनि अरू दुई दशक यता आएर हामीले स्वीकार्न बाध्य बनेको तथ्य यो छ कि कुनै पनि पूँजीपति व्यापारिलेभन्दा ह्यारि पटरकी लेखिकाले साहित्यकै सिर्जनाद्वारा उनिहरूले भन्दा बढी धन कमाउन सफल भएकी छन् । यस सफलताको पछाडि यौटा शिक्षित समाज पनि छ जसको पुस्तक पढ्ने संस्कृति दैनिक जीवनको यथार्थ भइसकेको छ । यो शिक्षित समाजले पढ्छ र पढेको कुरालाई लिएर प्रतिक्रिया जनाउँछ । सो गर्ने क्रममा चित्त नबुझेका धारणाउपर व्यक्तिगत आक्षेप नलगाईकन तार्कीक प्रतिवाद गर्छ । यस प्रवृत्तिले गर्दा पनि शिक्षित समाजमा कृतिको लोकप्रियता उत्कृष्ट साहित्यको एउटा उचित मापदण्ड बन्न सकेको हो, जुन लोकप्रियता कम शिक्षित समाजमा त्यत्तिकै उचित मापदण्ड नभईदिन सक्छ । बरु यस्ता कम शिक्षित समाजमा कृतिभन्दा लेखक अर्थात् विचारभन्दा व्यक्ति महान हुने अभियानमा सफल विज्ञापनले ठूला भूमिका खेलेका उदाहरण पाइन्छन् । बुझ्नेका लागि विज्ञापन केवल त्यो झुठ हो जसले आर्थिक जगत्मा सफलतालाई नाराका खुट्टमा उभ्याउन निरन्तर अभियान चलाइरहन्छ ।
शिक्षित र कम शिक्षित अवस्थाका भेद विभिन्न छन् । रोमान्टिक युगमा शिक्षित समाजको प्रतिनिधित्व गर्दै पत्रिका र विज्ञापनको तत्कालीन आधुनिकता तथा औद्योगिकरणका विरोधमा “रस्टिक” अर्थात् गाऊँ र काँठमा छरिएका मानिसहरूको पक्षधारी बन्दै जनताको बारे जनताकै भाषामा साहित्य लेख्न कर्मनिष्ठ वर्डस्र्वथले रुसोको सत्यदर्शनबाट प्रभावित भएर “अन्तर्दृष्टि” वा ह्दयमा प्रकृतिको सत् र सौन्दर्य फेला पारेका थिए — ती रुसो जसले भनेथे कि धेरै पढ्नाले आडम्बरी अज्ञानीहरूको समाजमा संख्या बढ्छ किन भने ज्ञान पुस्तकमा भन्दा वाह्य संसारमा छ । तर आजको संसार र आजको यथार्थ हिजोकोभन्दा फरक निश्चयनै छ । रोमान्टिक (र प्रत्यक्ष) यथार्थको विपरित आज यौटा यस्तो अतियथार्थ खडा भइसकेको छ जसलाई हामी पर्दाको विश्वमा प्रतीयमान यथार्थ पनि भन्ने गर्छौं । यस यथार्थमा आजका टिभि, मोबाइल, कम्प्युटर, भिडियो र डिजिटल क्यामरा चलाउन जान्ने सबै जना मुग्ध छौं । यस्तो आभासी यथार्थले हाम्रो स्वीकृति पाएर वा नपाएर हाम्रो ईन्द्रियगोचर विश्वकै ज्ञान सम्पादन गरिरहेको छ । अनि हामी यस्तै सम्पादित विश्वलाई यथार्थ मानेर खास यथार्थबाट टाढिंदै छौं । यस विन्दुमा आएर हामीले रुसोको तजभ mष्कगकभ या दययपक ष्क तजभ मभबतज या कयगलम भिबचलष्लन अर्थात् पुस्तकको दुरुपयोग सही शिक्षाको निधन हो भन्ने उक्तिलाई पुनर्मूल्याङ्कन गर्दै पर्दाको यथार्थ एक प्रकारको ज्ञान र अनुभव दुवैको महत्वपूर्ण स्रोत हो भनेर स्वीकार्नु पर्ने हुन गइसकेको छ । अर्थात् ज्ञानको स्रोत विश्वको वास्तविक यथार्थ मात्र नभई पर्दाविश्वको प्रतीयमान यथार्थ समेत हुन गएको अवस्थामा शिक्षा प्रकृतितर्फ वा वाह्य जगत्तर्फ फर्किनु पर्ला कि मुद्रित पुस्तकपछि देखापरेको पर्दाको प्रतीयमान यथार्थद्वारा पनि खारिनु पर्ला भन्ने प्रश्न गंभीर छ । वास्तविक यथार्थ र प्रतीयमान यथार्थको बीचमा रुमल्लिएको मानव चेतनालाई विवेकको निर्देशन आवश्यक छ । एक्काइसौं शताद्वीका धेरै बालबालिका प्रतीयमान यथार्थमै प्लेटोको गुफामा झैं रमाउन थालिसकेका छन् ।
उहिले एस.एल.सी.को पाठ्यक्रममा “लुसी ग्रे”मा कविले सरल र खुला ह्दयमा प्रकृतिले सहजै ज्ञान भर्छिन् भन्ने शिक्षा दिएका छन् भनेर परीक्षा उतीर्ण भएका साहित्यका विद्यार्थीलाई आजको समाज र सन्दर्भले नयाँ चुनौती दिंदै विवेकको सफल प्रयोग शिक्षाको एउटा लक्ष भएको सत्य स्थापित गरेको छ । विवेकको कार्य प्रत्यक्ष र आभासी यथार्थ दूध र पानी छुट्टाएझैं छुट्टाउनु हो । झुठ र सत्य छुट्टाउनु हो । अनि विवेकको कार्य भाषाबाट उत्पन्न भ्रमात्मक र वास्तविक सत्यको स्पष्ट निक्र्यौल गर्नु पनि हो । “मैले काग उडेको देखें” र “मैले भैंसी उडेको देखें” जस्ता आफूलाई बोलिबचनमा, छापामा, पर्दाको विश्वमा र जताततै घेरेर बसेका दैनिक भाषागत चमत्कारलाई अविवेकी पठन वा श्रवणले सत्यस्वरूप ग्रहण गरिरहेको हुन्छ भने विवेकले यौटामा मात्र सत्यको वा विश्वसनियताको संभावना देख्छ । तर विवेकको अभावमा कम शिक्षित जमातले “म नेपाललाई दुई वर्षमा स्वीजरल्याण्ड बनाइदिन्छु” भन्ने जादूगर राजनीतिज्ञको अविवेकी अनूयायी बन्न मात्र जानेको हुन्छ । अथावा, स्वार्थको निम्ति विवेक त्यागेको हुन्छ ।
यी सब कुराले साहित्यसँग कस्तो सम्बन्ध राख्छन् त ? साधारणतय चेतनाको बाह्य जगत्सँगको टक्करारबाट उठेका र लिखित भाषाको माध्यमबाट व्यक्त गरिएका नीजि प्रतिक्रिया साहित्य मान्न सकिन्छ । कुनै पनि रचनामा अभिव्यक्त प्रतिक्रिया स्थान र समय सापेक्षित छँदैछ । यसले गर्दा आजको दु:खदायी अशन्तोषजनक यथार्थ हिजोको आदर्श संसार र भोलिको अपेक्षित आदर्श संसारको बीचमा रहेर मानव जीवनको यथार्थलाई रामराज्यको सम्झनादेखि रामराज्यको सपनासम्म तन्काइदिएको छ । मानव अवस्था यही हो जहाँबाट घामछायाको अनुभवलाई गाउने प्रयासमात्र नगरेर मानिसले आस्थादेखि अनास्थासम्म हल्लिंदै आफ्नो चेतनाको ठोस विश्वसँगको टक्करावटलाई गंभीर अभिव्यक्ति दिने प्रयास गरिरहेको छ । निश्चित मृत्युको समक्ष आस्था मलम हो भने अनास्थाले मानव गौरव र इच्छा–शक्तिको गाथा गाउन छोडेको दिन आत्महत्या स्वीकार्नु बाहेक अस्तित्ववादी विकल्प रहँदैन ।
त्यसैले साहित्य मनोरञ्जनभन्दा बढी हाम्रो आफू र आफ्नो जीवनजगत्, आफ्नो परिवेश, समाज, सभ्यता, संस्कार, इतिहास, र संस्कृति बुझ्ने चेष्टाको अतिरिक्त यी सबलाई अर्थपूर्ण बनाउने प्रयास समेत हो । संस्कृति र इतिहास छैन भने समाजमा कुनै मूल्य र मान्यता नै बाँकी हुँदैन । यस्ता मूल्य र मान्यतालाई ह्दयको संवेदनशीलतामा अटाएर जोगाइरहने अमूल्य माध्यम साहित्य हो ।
अनि आजको साहित्यले परंपरगत शास्त्रीय सीमाना उल्लङ्घन गरिसकेको यथार्थ पनि बिर्सिनु हुँदैन । कुनै पनि ज्ञानलेझैं यसले पनि शक्तिको कुरुक्षेत्रमा परिभाषाका, दृष्टिकोणका, सिर्जित सत्यका जस्तै अन्य अनेकौं कुराका आधारमा विभिन्न दार्शनिक, समाजशास्त्रिय, सांस्कृतिक, आदि स्थानमा नीजित्व स्थापित गर्दै आउन थालेको छ । उदाहरणको निम्ति हिजोको दर्शनशास्त्र आजका साहित्यका सिद्धान्तहरूमा परिणत हुँदै सिङ्गो समालोचना नै जीवनजगत बुझ्ने साहित्यिक अभियानमा परिणत भइसकेको अवस्था छ । यसै सिलसिलामा पाश्चात्य जगत्मा करीव सन् १९६०–१९९० को बीचमा साहित्यले आफ्नो क्षेत्र फैलाउने क्रममा क्रमश: “सांस्कृतिक अध्ययन”मा रूपान्तरित भयो ।
त्यसैले एकातिर साहित्यले मनोरञ्जन दिन्छ भन्ने कुरा बेठीक होइन, तर आनन्दका वस्तु र कर्मलाई सामाजिक र सांस्कृतिक परिवेशमा राखेर चिन्तनलाई र यसकै माध्यमबाट समकालीन दर्शनलाई समेत समेट्दै पाश्चात्य जगत्ले सन् १९६० को दशकमा “साहित्य”को अझ व्यापक फैलावट खोज्दै नारी साहित्य, लोकप्रिय साहित्य र जनताको साहित्यको माग राख्दै आएको हो । यसले साहित्य समालोचना र राजनीतिलाई अझ निकट ल्याएर माक्र्सवादलाई थप पुष्ठी गरेको छ । सन् १९७० को दशकमा पहिले साहित्य नभनिने पाठहरू पनि साहित्य कहलिन थाले । सन् १९८० को दशकमा साहित्यको नयाँ नामाकरण भयो र यो सांस्कृतिक अध्ययन कहलिन थाल्यो । अनि यसै गरी क्रमश: साहित्य पढाउने कुरा नभएर अध्ययन गरिने पाठमा परिवर्तित भयो, जुन पाठ लिखित अक्षर मात्र नरहेर लेक मिशिगनका किनारमा लामबद्ध उभिएका गगनचुम्बि भवनहरू, साम्राज्यबाट स्वतन्त्रताप्राप्त भारतेलीले भीरेका टाई र सुट, र रानीपोखरीको आकाशे पुलबाट देखिने व्यस्त सडकको भाग पनि बन्न सक्यो ।
यस सन्दर्भमा साहित्य अनुभवभित्रको विश्वप्रति सचेत चिन्तन तथा प्रतिक्रिया बन्दो छ भने यो अध्ययन गर्न नालायकको विषय ठान्नु हाम्रा भौतिक आवश्यकतालाई सर्वश्रेष्ठ मान्नु हुन जान्छ । कल्पना, उत्सुकता र बौद्धिकताका अभावमा मानव परिचय यौन, खाना र वस्त्रको तहमा ओर्लिएको समाजलाई लाखौं प्रवीण वैज्ञानिकले जोगाउन सक्ने छैनन् भन्ने मान्यता साहित्यले राखेको छ ।
आषाढ १२, २०६७
मैतीदेवी
चारु मित्र चौतारी स्मारिका २०६७, चावहिल, पृष्ठ ६१-६३
Tuesday, February 7, 2012
Tuesday, November 22, 2011
पाठक पत्र
पद्म देवकोटा
शनिवार, मंसिर ३, २०६८ को कान्तिपुर कोशेलीमा कवि तथा गीतकार कालीप्रसाद रिजालको “अन्यायमा परेकी मनदेवी” पढ्न पाउँदा सार्हैो खुसी लाग्यो । बाचुञ्जेल महाकवि देवकोटा उपर अनेकौं अन्याय र शोषण गर्नेहरूले उहाँको निधन पश्चात् आदतैले पनि महाकविकी पतिपरायणा पत्नीउपर अन्याय गर्न छोडेनन् भने हल्लैहल्लाका आधारमा सिर्जिएका अनेकौं “सत्य”का दावी गर्ने एक खाले नेपाली समाजको चरित्र उपर रिजालजी यस्तो उचित प्रश्न गर्नुहुन्छ – “सारा मर्यादा, शिष्टाचार, सामाजिक मान्यता र व्यक्तिगत अधिकारको सीमा नाघेर एउटी नारीको अपमान गर्न पाईन्छ ? ... सभ्य समाजले जवाफ देओस् ।”
कालीप्रसाद रिजालको संवेदनशीलतालाई धन्यवाद दिंदै म हाललाई यति मात्र भन्न चाहान्छु कि मनदेवी २००४ सालदेखि मात्र हरेराममा लाग्नुभएको हो । यो त्यही बेला हो जब मेरा पिता वनारसमा कसैलाई केही खबर नगरिकन जानु भयो । उहाँ गएको छ महिना बित्दा नबित्दै दाज्यू कृष्णको मृत्यु भयो । एकातिर श्रीमान् हराउनु, अर्कोतिर सरकारले घर र सम्पति खोस्नु, अनि यसै ताका छोराको निधन हुनु र कांग्रेसको घर भनेर लास उठाउन छिमेकी त के आफ्नै माइतीसम्म पनि आउन डराउनु – ती दिनका वेसहारा नारीले भगवानको सहारा खोज्नु स्वाभाविक थियो । यो कुनै पाप थिएन, न कि श्रीमान् उपर अन्याय । मनदेवीले श्रीमान् र बालबच्चाको स्याहारसुसारमा जीवन कसरी अर्पिनुभयो भन्ने बारे कसैले सत्यतथ्य बताउन सक्छ भने अघि सरोस् । सन्सनी र भ्रमको दालभात खानेहरूसँग सभ्य र तार्कीक सम्बादका लागि आग्रह गर्छु ।
देवकोटा सदन, मैतीदेवी
शनिवार, मंसिर ३, २०६८

Thursday, November 17, 2011
लक्ष्मीप्रसाद देवकोटाको चीनको डायरी
पद्म देवकोटा
महाकवि लक्ष्मीप्रसाद देवकोटका जीवनीकार नित्यराज पाण्डेले २०१० साल श्रावण १४ गते नेपाली बुद्धिजीवीको प्रतिनिधि मण्डल वुखारेष्टमा हुन लागेको चौथो विश्व युवक महोत्सवमा भाग लिन स्विजल्र्याण्ड र हङ्गेरी हुँदै श्रावण १८ गते त्यहाँ पुग्दा सो महोत्सव सुरु भइसकेको कुरा बताउनु भएको छ । यो प्रतिनिधि मण्डल त्यहाँ करीव २० दिन बसेर “भाद्रको ८ गते ताका” रूस तर्फ प्रस्थान गरेको, मास्कोमा दुइ दिन बिताएर पूर्वी रूस हुँदै असोज १५ मा चिनिया राष्ट्रिय दिवसमा भाग लिन पेकिङ पुगेको र १९ गतेदेखि चीनका विभिन्न हङकङ, उहान, नान्किन जस्ता प्रान्तहरू घुम्दै र कलकत्ता हुँदै कात्र्तिकको दोस्रो हप्तातिर काठमाण्डु फर्किएपछि तीनधारा पाकशालामा आयोजना गरिएको आमसभामा देवकोटाले दुई घण्टा लामो यात्रावर्णन गर्नु भएको कुरा पाण्डेले बताउनु भएको छ (३६) । चूडामणि बन्धुले यसैलाई आधार बनाएर यिनै मिति देवकोटामा दोहोर्यालउनु भएको छ (३५२–३५३) । यस यात्रा बारे थप आधिकारिक चर्चा नेपाली बुद्धिजीवी प्रतिनिधि मण्डलका नेता पूर्णबहादुर एम.ए.ले २०२५ सालमा “देवकोटाज्यूको अभाव” शीर्षकको संस्मरणमा यसरी गर्नु भएको छ –
१९५३ मा रूमानियाँमा हुने चौथो अन्तर्राष्ट्रिय युवक महोत्सवमा भाग लिन युवक सङ्गठनका तर्फबाट मलाई निम्ता आएको थियो । तत्कालीन प्र.म. मातृकाप्रसाद कोइरालासँग त्यस विषयमा अपर्झट कुरा हुँदा “तपाईं नै जानु हुन्छ भने, हुन्छ, नत्र अरूलाई पठाउन गार्होय पर्ला” भन्ने कुरा उहाँले गर्नु भयो । त्यस बेला आफ्ना युवक र विद्यार्थीहरूसँग कुरा हुँदा उनीहरू यस्तो सुनौला मौका किन छाड्थे । मैले देवकोटाज्यूको नाउँ पनि समावेश गरी त्यस बेलाका मन्त्री र मेरा अनन्य साथी श्री त्रिपुरवरज्यूलाई देखाउँदा अघिको जनाउ विपरीत नै उहाँले १० जनाको शिष्टमण्डलका लागि स्वीकृति दिनुभयो । (४२८)
यो टोली कलकत्ता भएर यात्रा थालेको छ र कलकत्तामा देवकोटाले होल्ड अल किनेको विवरण पनि पूर्णबहादूरले गर्नु भएको छ ।
तर आज हामीलाई उहाँको जीवनीकारले भन्दा देवकोटा स्वयंले यस करीव तीन महिना लामो यात्राको बारे आफ्नो २०१० साल असोज ६ देखि कात्र्तिक १ सम्म चीनमा लेख्नु भएको डायरीमा धेरै कुरा बताउनु भएको छ । रातो गाता पल्टाउनासाथैको पृष्टमा जवान माओ चेतुङ्को फोटो रहेको यस ३३२ पृष्टको चिनिया डायरीमा देवकोटाले ३१२ पृष्टमा आफ्ना भ्रमण विवरण लेख्न भ्याउनु भएको छ । यसको प्रथम १२ पृष्टमा मास्कोको सम्झना उतारिएको छ भने त्यसपछि बाँकी संपूर्ण चीनको भ्रमणको वयान रहेको छ । असोज ६ गते नेपालीमा लेख्न सुरु गरेको डायरीमा संभवत विषयवस्तुको कारणले अंग्रेजी शब्दहरू पर्दै गएका छन् र दोस्रो पृष्टदेखि नै बाँकी सिङ्गो डायरी अंग्रेजीमा लेखिएको छ । यस डायरीमा बराबर अंग्रेजी शब्दको संक्षेप्तिकरण गरिएको छ र यसरी संक्षिप्तमा लेखिएका अंग्रेजी शब्दहरूका पूर्ण रूप के होला भन्ने अड्कल काट्न कहिलेकाहीँ कठिन पनि हुन गएको छ । यस डायरी सुरु भएको प्रथम प्रवृष्टि हेरौँ –
22nd Sept. 1953
मास्कोलाई ६ सि. रवाना . ११ वजे वेलुका . नेदेल्कुलाई भेटिएन . भोलीपल्ट अपरान्हमा रूमानियाको सीमाना स्टेशन पुगेर गाडी फेरि, ९ ता.मा मास्को पुगियो . साँझतिर नेपाली साथीहरू भेटिएनन् . राती बोल्सोइ थिएटरमा भि. वोसले ३ जना नेपाली त्यसै रात रवाना भएको खबर दिए . मास्कोमा जम्मा ९, १०, ११, १२ ता.सम्म वसेँ . (पाण्डुलिपि १)
यसरी नेपाली धर्के पूर्णविरामको सट्टा थोप्ले पूर्णविरामको प्रयोग गर्दै नेपालीमा लेख्न सुरु गरिएको डायरी अंग्रेजीमा लेखिन पुगेको छ । तर त्यसभन्दा महत्त्वपूर्ण कुरा के छ भने सर्वप्रथम नित्यराज पाण्डेले दिनु भएका केही मिति र तथ्याङ्क यस डायरीका आधारमा सच्चाउनु पर्ने देखिन गएको छ । यसको चर्चा विस्तार गर्ने छु ।
नेपाली बुद्धिजीवीको प्रतिनिधि मण्डलको तीन महिने युरोपेली तथा एसियाली भ्रभणलाई तीन चरणमा विभाजन गरेर हेर्ने हो भने प्रथम चरणले २०१० साल श्रावण १४ गते यस टोलीले नेपाल छोडेर युरोपको भ्रमण गर्दै रूमानियाको राजधानी बुखारेष्ट पुगेको र रूमानियामा ३७ दिन बसेको समयावधिलाई बताउँछ । दोस्रो चरणले चेकोस्लोभाकिया हुँदै रूस प्रवेश, मास्कोको बसाई र पूर्व रूसको लामो रेल यात्रा गरेको समयावधिलाई बताउँछ । अनि, तेस्रो चरणमा गएर चीन प्रवेश र त्यहाँ भित्रका अनेकौं प्रान्तका भ्रमण बताउँछ । देवकोटाले चीन प्रवेश गरिसके पछि मात्र यो डायरी लेख्न सुरु गर्नु भएको हो र यस डायरीमा चौथो विश्व युवक महोत्सवको महत्त्वपूर्ण उल्लेख २०१० असोज १४ को प्रवृष्टिको एक ठाउँमा मात्र गरिएको छ ।
यहाँनिर दुईवटा कुरा उठाउन चाहान्छु । एक, देवकोटाले अकस्मात २०१० असोज ६ गते (तद्नुसार सेप्टेम्बर २२, १९५३) का दिनमा मात्र डायरी लेख्न सुरु गर्नु भएको प्रमाण साथमा हुँदहुँदै यसभन्दा अगाडिका नेपाल छोडेको मितिदेखि गन्दा पचपन्न दिनसम्म उहाँले के लेख्नु भयो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यस प्रश्नको जवाफ चूडामणी बन्धुले दिनुभएको छ – “देवकोटाले आफ्ना गीतहरू लेखेको एउटा हरियो कागतको कापीमा त्यस भ्रमणका अपूर्ण दैनन्दिन टिपोटहरू छन् । ... त्यसमा परेको ... गीतहरू भ्रमणकै अवसरमा रुमानियाँ, रुस वा चीनमा लेखिएका हुन सक्छन्” (३५३) । २६ दिनमा ३१२ पृष्टको डायरी लेख्ने देवकोटाले यही गतिमा अरू दुइवटा यात्राको डायरी लेख्न भ्याउनु पर्ने हो जस्तो लाग्छ । तर बीचका पचपन्न दिनका बन्धुले उल्लेख गरेको “हरियो कागतको कापी” बाहेक अन्य लेख वा डायरी के छन् भन्ने कुरा हामीलाई थाहा छैन । पाण्डेको अनुसार देवकोटाको अंग्रेजीमा लेखिएको यौटा कविता “महोत्सवको पत्रिकामा पनि निस्केको थियो” (३६) र यही कुरा पूर्णबहादूरले पनि बताउनु भएको छ (४२९) । त्यसैले उहाँले यी पचपन्न दिनमा लेख्नुभएका अन्य सामग्री पनि थिए भने ती के थिए भन्ने कुरा यौटा खोजको विषय बन्न सक्छ । अनि, दुई, “भि. वोसले ३ जना नेपाली त्यसै रात रवाना भएको खबर” दिएको तथ्य केही हदसम्म अनौठो लाग्न सक्छ । यसको निराकरण पूर्णबहादूरको लेखबाट हुनु पर्ने हो । उहाँ लेख्नुहुन्छ, “महोत्सवमा हामीहरूमध्ये ५ जनालाई चीनको प्रतिनिधि मण्डलले चीन यात्रा गर्ने निम्ता दिएको थियो र त्यसमा श्री देवकोटाज्यूको नाउँ पनि समावेश थियो” (४२९) । तर ५ जना चीन जाने भएको खण्डमा अरू ५ जना सँगै हिंड्नु पर्नेमा किन तीन जना मात्र एक समूहमा हिंडे होलान् भन्ने प्रश्न उठ्छ । के यस नेपाली बुद्धिजीवी प्रतिनिधि मण्डलका सदस्यहरू वुखारेष्टको महोत्सव सकिएपछि आ–आफ्नै स–साना समूहमा बेग्लाबेग्लै यात्रा गर्न थालेका त होइनन् ?
x x x
असोज ६ गतेकै प्रवृष्टिले देवकोटाले मास्कोमा थ्रि–डाइमेन्शनल् सिनेमा हेरेको तथ्य यसरी बताउँछ –
मास्को सिनेमा विचित्र नवीनता देखाँउथ्यो । पहिले अलि आँखा खाएर धमीला टाटा नाचे जस्तो भयो । यो ३ dimension को थियो । गहीरो टाढासम्म र लम्बाई चौढाई यो सब देखिने तर सानो पर्दा जस्तो । यो डिजाइनको आविष्कारक Ivanov थिए । स्तालिन पारितोषिक पाए । पहिलो १९४१ मा देखाइयो । उत्ति असल थिएन । १९४७ मा उन्नत रूपको बनाए । पर्दा ऐना थियो । अरव देशमा यस्तो सिनेमा विशेष चश्माद्वारा मात्र हेर्न सकिन्छ । यस वर्ष अरू यस्ता २ सिनेमा रहने छन् । पछि अरू ६ पनि कल्पित छन् । फिल्म सर्वरँगा । दृश्य प्राकृतिक अतिसुन्दर । दुइ फोटो खिचिन्छ रे । १ दायाँ १ वायाँ आँखाको निमित्त । यी दुइ एकसाथ प्रोजेक्ट गरिन्छन् । पर्दा तल अरू पदार्थ र बाहिर ऐना छ । २ ह १८ cm । फिल्म एकै दुइ तर्फवाट दिइन्छ । यसको विकाश तथा उन्नतिको निमिक्त विशेष संस्था बनाएर अध्ययन र खोज गरिँदैछ । अपरेटरको technical skill बढाउनु पर्दछ । Louis Lumier नामका पुरूषले तीन डी चित्र कल्पना गरेथे रे । हामीले “May Night” नामक वदच्चलच्चित्र हेर्यौँ । (पाण्डुलिपि १–२)
यो संभवत् लेनिन सिनेमा हलमा हेर्नु भएको थियो । माथिको विवरणले देवकोटाले सिनेमाबाट मनोरञ्जन मात्र नलिएर यस बारे बौद्धिक जिज्ञासासमेत राख्नु भएको कुरा प्रष्ट पारेको छ । थ्रि–डी सिनेमा प्रथमबार कल्पिने व्यक्ति, रूसमा त्यसको डिजायन आविष्कारक, सिनेमा बनाउने तरीका, हेर्ने सामग्री र दर्शकको अनुभवसमेत संगेटेर एकसाथ यौटा प्रवाहमा बगेको वर्णनले देवकोटाको बौद्धिक जिज्ञासाको आर्को उदाहरण दिएको छ ।
शुक्रबार भदौ २६ गतेका दिन मास्कोको लेनिन म्युजियमको पलिटेक्निक, कम्युनिकेशन्स्, टेले–मेशिन्स्, आदि खण्डहरू हेरेर तीनका बारेमा देवकोटाले विस्तृत जानकारी बटुल्नु भएको छ । यसपछि नेपाली टोली पर्यटक बसमा मास्को शहर घुम्न गएको वयान छ । र यही सन्दर्भमा शहरका संस्थापक मानिने युरीको उल्लेख बाहेक त्यस शहरको इतिहास र त्यसका हेर्न लायकका स्थान, क्षेत्रफल, जनसंख्या आदिको सूचनाले डायरीका पाना भरिएका छन् । अनि पूर्वी रूसभित्र दक्षिण साइबेरियाको बाइकाल ताल, जुन विश्वको सबैभन्दा ठूलो र गहिरो पनि हो, त्यसको किनारै किनारबाट प्रतिघण्टा ४५ देखि ५० किलोमिटरको गतिमा कुदेको रेलले सो ताल पार गर्न लगभग ८ घण्टा लगाएको कुरा देवकोटाले बताउनु भएको छ ।
x x x
अब चीनको खण्डतिर लागौँ । २०१० साल भदौ २७ गते शनिबारका दिन बेलुकी ५ बजे मास्कोबाट चीनतर्फ यात्रा सुरु गरेको प्रवृष्टि पनि असोज ६ गते नै लेख्न बस्नुभएको छ । आठ दिन लामो रेल यात्रा गरेर आइतबार असोज ४ गते राती साढे दश बजे चीनको सीमान्त स्टेशन मन्चुलीमा पुगी त्यहीँ एक रात बिताउनु भयो । चीन पुग्दाको नौलो अनुभव उहाँले यसरी बताउनु भएको छ –
चीनमा पस्दा हामी यौटा निकै भिन्न विश्वमा पस्यौं, आजसम्म कल्पना नगरिएको । प्रशस्त हार्दिक तथा लोकप्रसिद्ध आतिथ्य र आराम र सरसफाई र व्यवस्था, तर स्टेशनका घर र भवनहरू निकै साना थिए, चर्को मितव्ययिता यौट विचित्रको उदारतासँग मिसिएको । वातावरण परिवर्तित भयो । मुस्काएका चिनिया चेहराहरू, खुसी तुल्याउन तयार, नेपालका गोर्खालीहरूको जस्तै विशेषता । (पाण्डुलिपि १३)
सोमबार ८ गते दिउँसो ३ बजे नेपाली टोली रेल चढेर पेकिङतर्फ जाँदा देवकोटाले सो रेलको बयानसमेत गर्न भ्याउनु भएको छ । रूसी रेलका डिब्बा आरामदायी देखिन्थे, तर चिनिया रेलका डिब्बामा उहाँले आराम अनुभव गर्नु भएको बताउनु हुन्छ । उत्तर–पूर्व चीनको सबैभन्दा ठूलो मध्येको हार्बिन नाम गरेको औद्योगिक शहरमा बगेको नदीलाई लिएर आफूले देखेका नदीहरूमध्ये सबैभन्दा फराकिलो र सुन्दर भनेर बयान गर्नुहुन्छ । यसरी यात्रा गर्दै जाँदा हार्बिनमा जस्तै चाङ्ग चुङ्गमा पनि दिउँसो साढे एक बजे नेपाली टोलीलाई युवा समूहले स्वागत गरेको छ । र टियनसिनमा फूलका गुच्छा दिंदै र गीतहरू गाएर नेपाली टोलीलाई चिनिया युवावर्गले स्वागत गरेको छ । यस प्रकारले ठाऊँठाऊँमा स्वागत पाउँदै मुक्डेनमा साढे छ बजे र करीव साढे आठ बजेतिर पेकिङमा नेपाली टोली पुगेको छ ।
यस विवरणबाट के प्रष्ट हुन्छ भने देवकोटाको चीनको डायरीको आधारमा नित्यराज पाण्डेले बताउनु भएका केही मिति र तथ्याङ्क संशोधन गरिनु पर्ने आवश्यकता पैदा भएको छ । सर्वप्रथम, वुखारेष्टमा नेपाली बुद्धिजीवी प्रतिनिधि मण्डल २० दिन नभएर ३६ दिन बसेर राती ११ बजे वुखारेष्टबाट मास्को तर्फ प्रस्थान गरेको थियो । ३७ सौं दिनको अपरान्हमा सीमाना स्टेशन पुगेर गाडी फेरेको हो । मास्को जान चेकोस्लोभाकिया हुँदै गएको कुरा पनि पूर्णबहादूरको लेखमा उल्लेख गरिएको छ (४२९) । दोस्रो कुरा, सो टोली मास्कोतर्फ प्रस्थान गरेको मिति पाण्डेले बताए अनुसार भाद्र ८ (सेम्टेम्बर २४, १९५३) नभएर डायरी अनुसार भाद्र २१ गते (सेप्टेम्बर ६ तरीख) थियो । तेस्रो कुरा, मास्कोमा देवकोटा २ दिन हैन कि भदौको २४–२७ सम्म गरी जम्मा चार दिन बस्नु भएको छ । र, अन्त्यमा, पाण्डेले असोज १५ गतेको चिनियाँ राष्ट्रिय दिवसमा भाग लिन प्रतिनिधि मण्डल पेकिङमा पुगेको कुरा बताउनु भएको छ, तर १५ गतेकै दिन त्याहाँ पुगेको हो भनिएको छैन । डायरीको आधारमा पनि पेकिङ पुगेको मिति असोज ६ गते –तदनुसार सेप्टेम्बर २२, १९५३) हुनुपर्छ किन भने सोही दिनको प्रवृष्टिमा “At Peking” (पाण्डुलिपि १५) भन्ने शीर्षकमा छोटो टिपोट पनि परेको छ ।
यहाँ पूर्णबहादुर एम.ए.को चीनको संस्मरण रोचक र सान्दर्भिक छ, तर छोटो छ –
त्यसपछि चेकोस्लोभाकिया रूस आदि हुँदै मस्कोबाट ट्रान्स साइबेरियन रेल चढेर सेप्टेम्वरको पहिलो सातामा हामीहरू पेकिङ पुग्यौं । देवकोटाज्यूको मनस्थिति र मिजास यत्तिका बीचमै धेरैनै राम्रो हुँदै आएको थियो । हामीहरू चीनमा झण्डै दुई महिना बस्यौं र अक्टोबर महोत्सवमा सामेल हुनाका साथै रमाइला २ ठाउँहरू, गाउँ शहर, कृषि उद्योग आदि हेर्यौंह र अध्यक्ष माओ–त्सेतुङसित भेटने अवसर पनि पायौं । शांघाइमा वहाँले रेडियोबाट चीन भ्रमणका विषयमा आफ्नो विचार प्रकट गर्नु भएको थियो, जसबाट के थाहा हुन्छ भने वहाँमा त्यस भ्रमणको निकै गहिरो प्रभाव परेको थियो । हामीहरूसित कुरा हुँदा अध्यक्ष माओप्रति चिनियाँ जनताले देखाएका श्रद्धा उल्लास देखेर वाहाँ भन्नु हुन्थ्यो – याहाँ माओ–त्सेतुङलाई हामीले पशुपतिनाथलाई मानेको भन्दा पनि बढी मान्दा रहेछन् । (४२९)
देवकोटाको डायरीमा लेखिए अनुसार भदौ २७ गते अर्थात् सेप्टेम्बर १२ मा मास्को छोडेर असोज ४ गते अर्थात् सेप्टेम्बर १३ तारीखका दिन मन्चुली पुगेको उल्लेख ठीक हो भने पूर्णबहादूरले भने झैं सेप्टेम्बरको पहिलो साता उहाँहरू पेकिङ पुगेको हुन सक्दैन ।
देवकोटाले भने आफ्ना डायरीका पन्नामा लामालामा विवरण लेख्न पनि भ्याउनु भएको छ । पेकिङ पुगेपछि देवकोटा लेख्नुहुन्छ –
पेकिङमा
आश्चर्यलाग्दा साना घरहरू र पुराकालको पर्यावरणसाथै अनौठो आधुनिकता । चिनिया चिनिया नै हुन् । ती कहिल्यै पनि अरू केही होइनन् । अनन्य संस्कृति । पेकिङका अग्ला भित्री र बाहिरी पर्खाल देख्यौं ।
पेकिङमा ... नाम गरेको चिनिया रेष्टुरेन्टमा राखियौं – चारपाटे चोक भएको नेपाली विहार जस्तो देखिने – भुईंतलामा कोठाहरू तर मास्कोमाभन्दा राम्रोसँग सजाइएको – चप्पल, मञ्जन र बुरुस, विभिन्न रुमालहरू, ओछ्यान र सबै कुरा भएको । (पाण्डुलिपि १५)
यहाँ चाइनामा देवकोटा प्रवेश गर्दा जुन उहाँले देखेका चिनियाहरू गोर्खाली जस्ता लागेका थिए ती अब केही बढी दिन चाइनाभित्र रेल यात्रा गर्दै र चिनियाहरूको सांस्कृतिक भिन्नताको अध्ययन गर्दै पेकिङ आइपुग्दा देवकोटालाई अब चिनिया गोर्खाली जस्ता नभएर चिनिया जस्तै देखिन गएका छन् । तर चारपाटे चोक भएको चिनिया रेष्टुरेन्टले उहाँलाई नेपाली विहार सम्झाउन छोडेको छैन । यसरी देवकोटाको विश्वमानववादको उँचाइबाट खोजेको वा पाएको नेपाली र चिनियाका मानवीय समानताहरू निकट र सूक्ष्म दृष्टिबाट पुन:हेर्दा जैवीक–भौगोलिक अन्तरका प्रष्ट रेखा तथा लक्षण लिएर उत्रिएका हुन्छन् । यसैले होला जैवीक–भौगोलीक भिन्नताको विरूद्ध निर्जीव भवन निर्माणमा नै किन नहोस् देवकोटाले चिनसँग एकता खोज्नु हुन्छ वा सहजै पाउनु हुन्छ ।
यसपछिको आर्को प्रवृष्टि विहिबार असोज ८ गतेको छ । असोज ८ देखि १३ सम्म पेकिङका विभिन्न स्थान घुम्ने र चिनिया जीवन अध्ययन गर्ने जस्ता काम भएका छन् । असोज ८ गते ऊनको फ्याक्ट्री, ९ गते तेन्सीङको टेक्स्टाइल फ्याक्ट्री घुमेर तिनका विस्तृत जानकारी डायरीमा टिप्नु भएको छ । सोमबार असोज १२ गते राष्ट्रिय अल्पसंख्यक प्रतिष्ठान (Institute for National Minorities) को भ्रमण तथा अध्ययन पछि असोज १३ गते प्रथम बार नेपाली टोलीले चिनिया लेखकहरूसँग भेटघाट र कुराकानी गर्ने अवशर पाएको छ । यस भेटघाटमा चिनको साहित्य बारेमा लामो छलफल भएको बुझिन्छ भने देवकोटाका चिनिया लेखकहरूसँगका केही प्रश्न निम्नानुसार थिए –
१. चीनको काव्य उत्पादन क्षेत्रमा सबैभन्दा नयाँ प्रवृत्ती के हो ?
२. के चीनका कविहरूले पुराना धेरै दोहोरिएका विम्बहरू र कृत्रिम शब्दाडम्बर उन्मूलन गरेर कविताको शुद्धिकरण गरेका छन् ?
३. के हामीलाई तपाईंहरूको आजको सर्वश्रेष्ठ कविको सर्वोत्कृष्ट कविताको नमूना उपलब्ध गराउन सक्नुहुन्छ ?
४. के महाकाव्यले आजको आधुनिक चीनमा अझै स्थान पाएको छ ? (पाण्डुलिपि ५४)
यी बाहेक देवकोटाले चिनमा सरकारले साहित्यकारलाई कसरी मद्दत गर्ने गरेको छ भन्ने प्रश्न पनि राख्नु भएको छ । नेपालमा सरकारले साहित्यकारको मद्दद गर्न नपुगेको उहाँको गुनासो थियो नै र यस भ्रमणपछिको तासकेन्दको सम्मेलनमा गएको ताका उहाँले “सामाजिक–राजनीतिक दर्शन र तीनबाट पैदा भएका पद्धतिहरूले लेखकका भाग्य निर्धारण गर्छ” भन्ने तर्क राख्दै रूसका र नेपालका लेखकहरूको यसरी निर्धारित भाग्यको चर्चा “The Necessicity of a Strongly Organised Writers’ Union for Nepal” शीर्षकको निबन्धमा गर्नु भएको छ ।
२०१० साल असोज १३ गते मङ्गलबारका दिन नेपाली टोली दिउँसो सिङ्ह्वा विश्वविद्यालय ९क्ष्लनधजब ग्लष्खभचकष्तथ० को अध्ययन गर्न गएको छ । त्यहाँका “प्रिन्सिपल” सिआन हान् सान्को नाम उल्लिखित छ । यो विश्वविद्यालय अमेरीकनहरूले बनाइदिएकाले गर्दा यसमा सबै कुरा अमेरीकी शैलीको भएको र यहाँ अंग्रेजी बोल्नु पर्ने बाध्यता पनि रहेछ । यस विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अमेरीकामा पढ्न तयार पार्ने लक्ष रहेछ । यो यति ठूलो थियो कि सबै ठाऊँ हेर्न टोलीले भ्याएन ।
बुधबार असोज १४ गते नेपाली टोली पेकिङको गाऊँ घुम्न गयो र त्यहाँका मानिसहरूसँग भेट्दै स्कूलको पनि अध्ययन गर्योी । अनि कुनै यौटा जमिन्दारको घर हेर्न गयो । गाऊँको सामूहिक पसल (Village Cooperative Shop) हेर्योु । यस भ्रमणमा देवकोटाले त्यहाँका किसानहरूको निकै अध्ययन गर्नुभयो । अनि, भोलिपल्ट चीनको राष्ट्रय दीवस भएकाले, सोही दिन वेलुकादेखी देवकोटाको डायरी रात्रीभोज र भोलिपल्टका जुलुस आदिका विवरणले यसरी अझ रोचक बन्न गएको छ –
राष्ट्रिय महोत्सव दीवसको अघिल्लो साँझमा अर्थात् सेप्टम्बर ३० को बेलुकीपख हामी प्रधानमन्त्री चाऊ एन लाइद्वारा आमन्त्रित थियौँ । उनीसँग मैले हात मिलाएँ र कमरेड चीन टु वेइले नेपालको प्रसिद्ध कवि भनेर परिचय गराइदिएपछि उनले टाउको हल्लाए र मसगँ अझ आत्मियताकासाथ फेरि हात मिलाए । फेरि दुई पटक महाशय लाइ हाम्रो कोठामा आए, जहाँ हामी भोज खाइरहेका थियौं । टेबुलको मूलस्थानमा श्रीमति लुसिङ थिइन् । उनी चिनका ती महान आदरणीय कविकी विधुवा थिइन् जसले कम्युनिष्ट साहित्य र समाजवादी सिर्जनाहरू चीनमा प्रथमबार भित्र्याएका थिए र माक्र्सवादी सिद्धान्तलाई प्रथमबार प्रयोग गर्दै चिनिया साहित्यमा नविन र प्रगाढ प्रभाव जमाएका थिए । श्रीमति लुसिङले हामी नजिकका छिमेकी हौं भन्दै दुई वा तीन पटक नेपालका युवकहरूलाई टोस्ट गरिन् । चिनिया परिकार यति धेरै थरी थिए कि गन्ने प्रयास गर्दगर्दै पनि मैले तिनको संख्या बिर्सें र मैले नचाखी छाड्नु परेका खानेकुरा धेरै थिए । कमरेड लाइ फेरि गिँलासमा मदीरा लिएर आए र त्यहाँ केही व्यक्तिले उनीसँग हात मिलाउँदै र उनको हात हल्लाउँदै गरेकाले, मैले पनि त्यसै गरेँ । कमरेड लाइले अन्त्यमा आफ्नो गिँलास रित्याए र मित्रताको ईशारा गर्दै त्यसलाई घोप्टाएर हामीलाई देखाए । उनी गोरा र बाठा अनुहारका थिए, निकै फरासिला, त्यति सार्हैए नाटकीय हैन, तर उनका श्रोताको मूडले त्यस्तो देखिन गएका थिए । भेला भएका पाहुनाहरू रमाइलो हल्ला र प्रदर्शन गर्दै थिए । हाम्रो निम्ति यो सबैभन्दा रमाइलो साँझ थियो र हाम्रा कमरेडहरू दङ्ग परेर नाच्न र उफ्रिन थाले । हामी त्यसपछि सिनेमा हलमा गयौं र वुखारेष्ट महोत्सवको चलचित्र हेर्यौं , जसमा अपशोचका साथ हामीले आफ्ना नेपाली सदस्यहरू फेला पारेनौ । मैले भनिदिएँ कि कुनै पोशाकको अनौठौ वैचित्र्य, दार्हीे, पगरी, अथवा विकराल चेहरा वा असाधारणता वा निकै प्रदर्शनकारी प्रवृत्तीले सबैभन्दा बढी ध्यानाकर्षण गर्ने भएकाले चलचित्रमा पर्न गयो । भोलिपल्ट बिहान १० बजे हामी कमरेड माओ त्से तुङको मुन्तिर सेलिस्टियल गेट अफ पिसको मोर्चामा उभियौं, अक्टोवर १ को महोत्सव हेर्न ... जब जब माओले हात उठाए, भीडले एक स्वरमा हात हल्लाउँदै जवाफ दियो । हामीले हामी माथि माओलाई देख्यौं, चौथो रेड ग्लोबमुन्तिर, र महोत्सव अन्त्यतिर पुग्दानपुग्दा हामीले उसले दुवै छेऊतिर हिंड्दै र हामीमाथिको बाल्कोनिको छेऊबाट आफ्नो टोपी हातमा हल्लाउँदै अन्तिम बिदाई लिइरहेको देख्यौं । जुलुस अनन्त जस्तो लाग्थ्यो र घण्टौसम्म चल्यो (बिहान १० देखि दिउँसो २ सम्म) । पहिला प्रधान सेनापति चु से आए, भीडको स्वागत स्वीकार्दै र हात हल्लाउँदै । अनि सेना, नौसैनिक, फौंजी प्रतिष्ठान, आदि – उनिहरूका युवायुवती, विभिन्न रङ्गका फूलहरू लिएर र रङ्गिन पोशाकमा, र नर्तकी र हर प्रकारका प्रदर्शनकारीहरूको जुलुस थियो हामी अगाडिको सडकमा । बन्दुकका पड्काईले व्योम गुञ्जायमान थियो । विभिन्न संस्था, उद्योग, अल्पांश स्कूल, विश्वविद्यालय, मजदूर संघ, आदिका प्रतिनिधित्व थियो । महान् राष्ट्रिय नायक तथा स्वीकारिएका अन्तर्राष्ट्रिय नायकहरूको पनि स्थान थियो । भवन निर्माताहरूले आफ्ना नमूना भवन, औद्योगिक श्रमिकले तिनका नमूना यन्त्रहरू, आदि काँधमा बोकेका थिए । झण्डाहरूले काठमाडौंलाई एक वर्षका निम्ति पहिरन पुग्ने थियो । साँझमा हामीले आतसबाजी हेर्यौंा, जो धेरै माथि पुग्थे, राता र पहेँला तारा र रङ्गीचङ्गी ज्योतिको कम्पित प्रपातमा झर्थे र तलबाट बहुरङ्गी विस्फोटनका वर्षा थपिन्थे । उल्का र पुच्छ्रेतारा पनि थिए । बिहानको शोभायात्रामा ठूलो संख्यामा परेवाहरू उडेका थिए, केही टुक्रा बादल मात्र भएको अक्टोवरको आकासमा तारा जस्ता देखिने, पालै पालो घाम झुल्काउँदै र लुकाउँदै गरेका । भीडको साधारण नारा थियो – “माओ त्से तुङ वान्से †” यस साँझमा पनि हामीलाई अखील चीन युवक संघले प्रीतिभोज दियो, अनन्त सयलका साथै । (पाण्डुलिपि १०३–१०८)
यसरी देवकोटाको लेखाईमै पनि चिनिया राष्ट्रिय दीवसको महोत्सवको उल्लासले प्रभाव पारेको छ । यो यौटै अनुच्छेदमा लेखिएको विवरणका रोचक बुँदाहरू दुई दिनभित्र चाऊ एन लाइसँगको भेट, श्रीमति लुसिङसँगको रात्रीभोज, चिनिया परिकार, वुखारेष्टको चलचित्रमा नेपाली नदेखिनु, माओ त्से तुङलाई नजिकबाट देख्नु, राष्ट्रिय दीवसको जुलुस र आतसबाजी हेर्नु र फेरि चीन युवक संघको प्रीतिभोजमा सामेल हुनु रहेका छन् । असोज १६ गते शुक्रबारका दिनको प्रवृष्टिमा यी भोजभतियारको नतिजा स्वरूप १५ गते रातीदेखि देवकोटाको पेट बिग्रिएको छ । उहाँले पेकिङ डक (पेकिङको हाँसको परिकार) धेरै खाएर पचाउन नसक्दा यस्तो भएको हो । यसै दिनको डायरीबाट थाहा हुन्छ कि उहाँले चाइनिज लिट्रेचर नाम गरेको पत्रिका, चु उआनका कविता र कुओ मोजोले लेखेका प्ले अन चु उआन नाम गरेको पुस्तक कोशेली स्वरूप पाउनु भएको छ । चिनिया कवि कुओ टुङ्ग रिआङ्गसँगको सम्पर्कको बयान पनि छ । सोहि दिन मध्याराततिर उहाँ लेख्नुहुन्छ –
मलाई पेकिङका बारेमा धेरै कविताहरू लेख्न मन लागेको थियो, तर मैले समय निकाल्न सकिन । मैले आफैसँग यौटा नयाँ सिर्जनाको समयावधि नयाँ धारमा र नयाँ सिद्धान्तका आधारमा सुरु गर्छु भनेर प्रतिज्ञा गरेको छु । मैले नेपालमा सांगितिक र काव्यात्मक सिर्जनाका कमी र साहित्यिक र घरकै पनि समूहहरूमा अपेरा र लोक गीत तथा नृत्यहरूको अभाव पाएको छु । (पाण्डुलिपि ११३)
यसरी चीनको भ्रमणबाट पलाएको यस नयाँ साहित्यिक चेष्टाको संकल्प देवकोटाका कृतिमा कहाँ र कसरी प्रकट भएको छ भन्ने आर्को रोचक अनुसन्धानको विषय बन्न गएको छ ।
अनि यसको लगत्तै डायरीका पृष्ट ११६ देखि १२१ सम्मका पानाहरू कविताले भरिन्छन् । “Oct I Celebrations in Peking” (२ बजे बिहान), “Sons of China!” (२:१५ बजे बिहान), “Sonnet. To Mao Tse Tung” अनि “Sonnet to Chou En Lai” (२:३० बजे बिहान) गरी करीव आधा घण्टामा चारवटा राम्रा कविता जन्मिएका छन् । ती मध्ये “Sons of China”को सर्सती अनुवाद गर्ने मेरो प्रयास निम्न प्रकारको छ –
चीनका हे सपुत ! रगत बगायौ
र गुलाफ फुले ।
पूर्व लाल छ, रात मरिसक्यो,
जागृत ह्दय चम्के ।
दूरदर्शीता तिम्रो उत्तम देन,
गौरव तिम्रो कर्म ।
विश्व उचाल्न बाँकी छ, मर्म
इतिहासको निर्माण गर्न ।
चुचुराहरूले कतै तर्साए के ?
हे रातका आरोहीहरू हो !
विजयी छौ ! अब व्यङ्ग्य गर
मूर्खताको शीखरवासी उपर ।
छ हज्जार वर्षको प्रयास रे !
ज्योतिका हे सपुत !
र तिम्रो शीखर विजय
धपाउँछ विश्वबाट रात !
हामी बाँढ्न आएका छौं तिम्रो तप,
तिम्रो दर्शन, आरोहण ।
तिम्रो श्पर्सले विजय बोल्छ
हाम्रा अन्धा गृहशत्रु उपर ।
२०१० साल असोज १८ गते आइतबारका दिन क्वेन्टिन दहको रेजभ्र्वार हेर्न गएर सोही दिन मध्यान्नमा देवकोटा आफ्नो डायरीमा टिप्नुहुन्छ – “आज हामी अब ग्रेट वाल हेर्न हाम्रो स्पेशल ट्रेनमा जाँदैछौं । हामीलाई उकालो कतैकतै ज्यादै ठाडो र खतराको छ भनेर बताएको छ । मेरो खुट्टाले चढ्न दिंदैन कि भन्ने डर लागेको छ” (१५५) । अनि त्यसको लगत्तै तल, र फर्किएर आइसकेपछि हुनुपर्छ, उहाँ फेरि लेख्नुहुन्छ – “तर मैले टुप्पोसम्मै चढेँ (१५५) । यसपछि सो पर्खाल बारे जानकारी र त्यसको इतिहास बारे अनेकौं कुरा टिप्नु भएको छ ।
यसरी विभिन्न स्थानहरू अवलोकन गर्दै हिंडेको नेपाली टोली आर्को ३० घण्टा लामो रेलको यात्रा र याङ्त्से किआङ्ग नदी पारी १७ मिनेटको जहाजी यात्रा गर्दै नान्किनमा असोज २१ गते बुधबारका दिन आइपुग्छ । यहाँ सन यात सेनको चिहानमा श्रद्धाञ्जली अर्पण गर्छ । देवकोटाले यस थलोको सौन्दर्यको वयान गर्नु भएको छ । यो मिलाएर छाँटिएका साइप्रसका रुखहरू लगाइएको सानो थुम्को पहाडमा भएको बुझिन्छ । त्यसपछि खुला म्युजिक थिएटर घुम्दै ७ बजे वेलुका नान्किन युवा संघको भवनमा आयोजित जमघटमा देवकोटाले ३ पटक चिनिया केटीहरूसँग नाचेको बताउनु हुन्छ । भेटघाट, भोज र रमाइला नाचगान पछि ११ बजे राती आफ्नो कोठामा बसेर उहाँ लेख्नु हुन्छ –
अहिले म सन यात सेनको चिहान रहेको सुन्दर थलो फेरि सम्झिरहेको छु । यस स्थानले मलाई यसरी छोयो कि म यसबारे आज बेलुकी नै यौटा कविता वा गीत लेख्न चाहान्छु, अरू कविता वा गीत चिनिया वा नेपाली युवावर्गको संघर्ष बारे, वा शान्तिका लागि संघर्ष बारे ।
x x x
आज राती असोज २१ गते २०१० सालमा मैले पहिलो पटक नान्किनका केटीहरूसँग मेरो निश्चयनै पहिलो नाच नाचेँ ।
x x x
नेपाल फर्किएपछि त्यहाँ नृत्य र संगीतलाई सक्रियताका साथ विकाश गर्नु पर्छ भन्ने मलाई लागेको छ । (१९९)
नान्किनले ४४ वर्षिय देवकोटालाई प्रथम बार नचाउनुको साथै यसरी नृत्य र संगीतको क्षेत्रमा बढी रूचि जगाइदिने काम गरेको छ । यसैको प्रभावले गर्दा हुनुपर्छ चीनबाट फर्किएको करीव दुई महिना पछि उहाँले शंकर लामिछानेलाई वनारस पठाउन भनेर पाँचवटा कथाहरू लेखाउँदा ती मध्ये यौटा “चिनियाँ प्रेमी” शीर्षकको कथा पनि परेको थियो (बन्धु ३०४) । वास्तवमा उहाँ चिनियाहरूबाट निकै प्रभावित भएर फर्किनु भएको थियो । यस नेपाल–चीन सांस्कृतिक आदान–प्रदानले मात्र हैन कि सन यात सेनको चिहान भएको थलो वरपरको भौगोलिक सौन्दर्यबाट समेत प्रभावित देवकोटाले कविता लेख्ने प्रेरणासमेत पाए पनि “On Dr. Sun Yat Sens’s Tomb in Nankin” शीर्षकको कविता भने उहाँले असोज २६ गते सोमबार शाङ्घाईमा मात्र लेख्ने फुर्सद पाउनु भयो ।
शाङ्घाईमा उहाँहरू नान्किनबाट ७ घण्टा लामो रेलयात्रा गरेर शुक्रबार असोज २३, २०१० सालमा पुग्नु भयो । साँझमा स्वागत सम्मान कार्यक्रम चल्यो र भोलिपल्ट २४ गते शनिबारका दिनमा शहर परिक्रमा गर्नु भयो । नेपाली टोली होटेल चीङ्ग छाङ्गमा बसेका बुझिन्छ । अनि २६ गते सोमबारको प्रवृष्टिमा पनि देवकोटाले नाचगानप्रति चासो लिएको मात्र नभएर प्रतिक्षा नै पनि गर्नु भएको जस्तो भाव यस वाक्यबाट बुझिन्छ – “आज वेलुकी हामी शाङ्घाईका युवायुवतीहरूसँगको एक प्रकारको जमघटमा जानेवाला छौं र त्यहाँ नाच र गान हुने छ” (२४४) । अनि त्यसपछिको प्रवृष्टिमा लेखिएको छ, “जवान मानिसहरू हाम्रा साथमा नाचे र यस अवशरमा प्रशस्त लामा र चर्का थपडि बजे” (२४४) । यसको भोलिपल्ट असोज २७ गते नेपाली टोली शाङ्घाई मेडिकल कलेज र अस्पताल हेर्न गयो ।
असोज २८ गते बुधबारका दिन बिहानको खाजा खाएपछि देवकोटाले “चीनमा भूमिसुधारका समस्याहरू” विषयको गोष्ठीमा भाग लिई त्यसपछि शाङ्घाईकै लेखक ऊ छिआङ्गसँग अन्तर्वार्ता लिनु भएको छ । यस अन्तर्वार्ता लिँदा द्वैभाषेको काम येन चिङ्ग हुङ्गले गरेका थिए । सोही दिन बेलुकी ७ बजे नेपाली टोली त्यहाँबाट हान्चाउ तर्फ लाग्यो । ४ घण्टाको रेलयात्रा पछि हान्चाउका युवावर्गले स्टेशनमा उहाँहरूको स्वागत गर्योा । यसरी नेपाली टोलीले विहिबार २९ गते बिहान बसमा शहर घुमेर त्यसपछि म्युजियम हेर्न गयो । साँझमा होटेलमै सिनेमा हेर्योल । शुक्रबार ३० गते हान्चाउको जुट मिल्स हेर्न गयो । प्रत्येक मिल्स, उद्योग, संस्था आदि हेर्न जाँदा देवकोटाले आफ्नो डायरीमा त्यसबारे प्रशस्त जानकारी टिप्नु भएको पाइन्छ । यस किसिमले उहाँले चीनको आधुनिकता बारे धेरै ज्ञान हासिल गर्नु भएको थियो ।
अनि २०१० साल कात्र्तिक १ गते शनिबारका दिन डायरीको अन्तिम प्रवृष्टि लेखिन्छ । यस दिन बिहान नेपाली टोली हान्चाउको बुद्धको स्तुप हेर्न गएको छ । यस स्थल कुनै बेला जापानी सिपाहीहरूको ब्यारेक बन्न गएको थियो र हाल अधिकांश मात्रामा जीर्णोद्धार हुन पर्ने अवस्थामा रहेको थियो । यस ठाऊँको मूल भवनमा एक ठाऊँमा देवनागरिक जस्तो देखिने तिब्वती लिपिमा “ॐ मणी पद्मे ॐ” लेखिएको कुरा डायरीमा उल्लिखित छ ।
निष्कर्शमा भन्नु पर्दा देवकोटाको यस डायरीबाट उहाँलाई चीनले ठूलो प्रभाव पारेको बुझिन्छ । त्यहाँका राजनेता, साधारण जनता, गाउँले, व्यापारी, औद्योगिक व्यवस्थापक, प्राचार्य र प्राध्यापक, लेखक र साहित्यकार, युवा र युवती आदिसँगको भेटघाट र कुराकानी तथा चीनभित्रका प्रान्तहरूको भ्रमणले देवकोटालाई चीनको आधुनिकता बुझ्न सजिलो पारेको छ । पूर्णबहादुरले “अध्यक्ष माओ–त्सेतुङसित भेटने अवसर” पाएको र देवकोटाले साङ्घाइमा रेडियोबाट चीन भ्रमणका विषयमा बोल्नु भएको कुरा (४२९) बताउनु भएको भए तापनि यी कुरा बारे देवकोटाले आफैले भने उल्लेख नगर्नु भएको देखिएको छ । चिनियाहरूसँग झैँ उहाँ चीनका केही प्राकृतिक स्थलहरूसँग निकै प्रभावित हुनु भएको पाइन्छ । माओप्रति उहाँको आदर ठूलो छ र यस नेतालाई लिएर लेखिएको कवितामा उसको मानव गौरवबाट आफू निकै प्रभावित भएको कुरा बताउँदै उसलाई पूर्वकै विशाल निर्माताको रूपमा वर्णन गर्नुभएको पनि छ ।
प्रयुक्त संन्दर्भ सूची
एम.ए., पूर्णबहादुर । “देवकोटाज्यूको अभाव ।” भानु : देवकोटा विशेषाङ्क ५.१२ (फागुन २०२५) : ४२६–४३० ।
देवकोटा, लक्ष्मीप्रसाद । अंग्रेजीमा लेखिएका निबन्धहरूका पाण्डुलिपि ।
––– । चीनको डायरी । पाण्डुलिपि । २०१० ।
पाण्डे, नित्यराज । महाकवि देवकोटा । ललितपुर : मदन पुरष्कार गुठी, २०१६ ।
बन्धु, चूडामणि । देवकोटा । (प्रथम सं.) । काठमाडौं : साझा प्रकाशन, २०३६ ।
N.B. : The footnotes of the original article are missing in this blog-version. --Padma Devkota

Saturday, July 23, 2011
Reading Half of Six Strings
Padma Devkota
Time constraints have allowed me to go quickly through only half a book that deserves to be read completely. This is not a denial to read the remaining other half. Six Strings, a compilation of the poetry by six friends who seek numerical balance of representation in the book (six times ten poems each) rather than gender balance (two women and four men), nevertheless seeks judgment of the reader in terms of performance rather than in terms of the identity of the writer. And, it is not easy to identify the poets in terms of style and subject matter until one gets quite familiar with their writing. Thus, these new voices challenge their readers to identify the poems they like before they identify the poet.
I have taken a back-page approach to fall back upon a traditional method of reading these poems, which makes me feel at ease. I have chosen to sample five poems by each writer to get a rough idea of what these are like. Alphabetically listed in terms of the name, the irony of fate is such that the only two women poets appear at the tail end of the list. The males are still dominant! Anyway, the national democratic practice of including thirty-three percent of women representation in everything one does organizationally is rigorously upheld. This is a consolation for the politically minded.
For the poetically minded, there is much more than quantification of competence through presence. Sarita Bhattarai, a poet who has chosen to talk about domestic experiences in her works, smiles at a couple who complain regularly that s/he is the only one who works (“Kitchen garden”). However, each one of the two shares in the garden work and the seeds grow. Of course, they do not only complain to each other; they also share their sorrows between themselves (“Transformation”) like two good friends. Yet, the reality is that, despite their wedding vows of never parting, each has a lonely journey to take. One lives alone, one dies alone (“Pathways”). “Spectacle” and “A Plea” both deviate somewhat from the theme of domesticity and are also vague to some extent. However, Sarita is a very promising poet who has found a voice and a theme.
Saraswati Lamichhane, a meek and gentle absence in grave company, sounds true to herself when she says that silence is the best form of poetic communication between a couple (“Poems”). She is not alone in this line of thinking because many poets writing of love have taken a similar perspective. And, without perspective one is blind (“The view”), says Saraswati. To develop a way of seeing that is uncommon is as hard as it is rewarding. Saraswati does this in “The River” where she symbolically expresses her faith in her parents’ physical aggression as a challenge to continue loving and caring for each other. She surprises us with yet another interesting perspective in “Change” where her subtle understanding of the way she changes because of the variety of people with whom she comes into contact daily as opposed to the table that does not change despite this contact is indeed laudable. Her theme is love and perspectives change again from expectations in dreams and expectations in waking hours with a change in the character who expects the same love from the other (“Shift”).
Prakash Subedi, another meek and humble poet who is recently under the influence of Buddhist texts, likes to look beyond the forms of things as they appear. Life, death and time prove to be the themes of his poems. In “Time,” he questions only: “Did/you notice/ the dream was longer than the night?” “Longer” means more meaningful. In “The poem,” he suggests that words are not always as meaningful since they, out of some figurative self-importance, choke the poem they are supposed to exude. When things are not what they seem to be, the world is a stage and life is as much acting as there is acting on the stage (“At the theatre”). To find meaning where it is least expected is to have an insight into truth: in “Barrier,” Prakash finds two drops of human tear a greater hurdle than the entire ocean.
Keshab Sigdel, with his special concerns for society and human rights, finds life a nightmare in the poem titled “The Change.” We come to this conclusion because he says that mornings are scarier than nights and confesses: “I fear the Broad Day Light.” To him, enlightenment has taken an about turn in the cities (“My buddha-in-becoming”). “To myself” probably explains this by expressing the poet’s fear of degenerated political practice in the nation. He seeks his own true identity amidst a multiplicity of identities and finds out that the twelve letters of his name “only exhibit[s] my non-existence.” He is a mere nobody, a mere piece on the chess board, a pawn moved and manipulated by the players who determine the course of his life (“The chess game”). This is probably what makes his life a nightmare.
Hem Raj Kafle, who seems ready to accept any topic under the sun as a theme for his poems, obviously has a wider ken of vision. He is as much at ease talking about a personal fear of separation from one’s companion as a result of natural forces such as a river (“My fear”) as about general human nature. In “Just or unjust,” he finds the human inclination to justify themselves quite disgusting and self-centered. Another poem, “The burden,” talks about the elusiveness of peace, which everyone desires. The language, though, is quite obscure especially in the third stanza of this poem. He talks about how the condition of the family of a drunkard raises enough pity in him to forgive the drunkard where others might blame the drunkard for making the family suffer. In the poem titled “On martyrdom,” the poet seeks to understand the new definition of martyrdom by asking what qualifies one to become a martyr.
Bal Bahadur Thapa, a quiet and hard working person, brings up the imagery of the womb frequently in his poems. Not quite happy with human ambition of overnight success (“An overnight star!”), he regards human individuality as something that should create its own destiny by moving from the mother to the other and resigning oneself to the inevitability of such a separation (“A stranger”). Survival will then mean hard work on one’s own. In “Apocalypse,” he even accepts the possibility of the mother’s death at childbirth. With this juxtaposition of life and death, or death-in-life as in the city (“My city”) one has to grow wise with the realization that the external image of unity of the self is a lie (“The discovery”), that the self is all fragments, indeed.
Put the seis amigos together and you will find a love of normal sunshine in a happy domesticity, a desire of peace and prosperity in the social world, a desire to enhance the cultural world, a disgust of all that hampers the blossoming of human civilization with barbaric and anti-humanistic militantism, a desire to understand love, life, human relations, death, time, and eternity. Originally written in English, the poems are readable, experimental at times, visually effective at other. After a first reading, the poems begin to attach themselves to this or that poet in terms of themes and styles. All of them promise a growth along individual lines of visions and perspectives.
Since all of these poets are active members of the Society of Nepali Writers in English (N/WEN), I am very proud of these young poets who, I believe, will soon inspire other people with their success. I congratulate them all.
Maitidevi, Kathmandu
July 23, 2011

Friday, July 1, 2011
महाकवि : दम्भ र दायित्व
पद्म देवकोटा
२०६६ साल कात्र्तिको मधुपर्क (महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी विशेषाङ्क) मा छापिएको कृष्ण अविरलको “महाकवि : उपेक्षा, असहयोग र लेखकस्व विवाद” शीर्षकको लेखमा मलाई लिएर केही आरोपहरू परेका रहेछन् भन्ने कुरा हालसालै मात्र मेरो जानकारीमा आयो । कृष्ण अविरलको रक्तकुन्डमा देखिएको सन्सनी फैलाउने प्रवृत्तीबाट मुक्ति नपाएको यस लेखमा व्यक्तिव्यक्तिलाई एक आर्कासँग जुधाएर “फलानाले–भने–अनुसार” भन्ने शैलिमा आरोप लगाउनेहरूको परिचय लुकाउँदै मउपर भने निकै खनिएको उदाहरण पाएँ । तर मैले के बुझ्न सकेको छैन भने मेरा विरूद्ध यस प्रकारका दुर्भावनापूर्ण लेखहरू बराबर किन आइरहेका हुन्छन् ? मानौं कसैको उद्देश्य मेरा बारेमा असत्य धेरै पटक दोहोराएर त्यसलाई सत्य सावित गर्नु छ भने जस्तो ! यसरी लेकखको नियत उसको शैलीले प्रष्टसँग बोलेको हुँदाहुँदै पनि यस लेखले मधुपर्क जस्तो प्रतिष्ठित साहित्यिक पत्रिकामा र अझ महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी विशेषाङ्कमा स्थान पाउनु सम्पादकीय अनुत्तरदायीत्वको नतिजा हो भन्ने निष्कर्शमा म पुगेको छु । यसैले मउपर लागेका आरोपविरूद्ध मौन वेवास्ता अनुचित ठहर्दाठहर्दै पनि आफूलाई चोखो देखाउनभन्दा यस लेखले उल्लेख नगरेका केही तथ्यका साथै आफ्ना धारणा तल सार्वजनिक गर्न गइरहेको छु ।
अनुवाद
मेरा पिता महाकवि लक्ष्मीप्रसाद देवकोटा यस राष्ट्रका विभूतिसमेत हुनुभएकाले उहाँको नाममा मैले केही गरिहाल्छु कि भनेर प्रतिक्षारत नेपाली जनताले मबाट अपेक्षा गरेका काम नभएको देखेर मप्रति असंतोष प्रकट गर्नु स्वाभाविक हो । आजसम्म यस जनसमूहले मबाट अपेक्षा गरेको मूल कुरा आफ्ना पिताका कृतिहरू अंग्रेजीमा उल्था गरिदियोस् भन्ने बुझेको छु । मैले नेपाली साहित्यका धेरै कविहरूको अंग्रेजीमा र अंग्रेजी तथा फ्रेन्च साहित्यकै पनि नेपालीमा अनुवाद गरेको छु भने ती मध्ये महाकवि देवकोटाका पनि केही फुटकर कविताहरू अनुवाद गरेको छु, जुन अनुवादहरू देवकोटा केन्द्रको वेबसाइट dsrc.org.np मा पढ्न सक्नुहुनेछ । म जो सक्छु अनुवाद गर्ने आनन्द लिएर आफ्नो फुर्सदमा गर्छु; तर मैले कसैको आदेश, धम्की वा आर्थिक प्रलोभनको कारणले अनुवाद गर्ने गरेको छैन । यसो हुँदाहुँदै पनि “भुक्तभोगी” पदवीपछाडि लुकेर “हामीले सम्पूर्ण काम सित्तैमा गर्यौँ डा. पद्मप्रसादलाई चाहिँ पैसा चाहिने रे” भनेर झुठ कुराको प्रचार किन गरिन्छ ? यो आच्छेप सरासर झुठ हो । नेपाली समाजमा चरित्रहत्यारा र उनिहरूकालागि पौष्टिक वातावरण सिर्जने रमिते चेतनाहरूको भीड रहेको तथ्य मैले बताइरहनु पर्दैन । तर दु:खको कुरा यो छ कि यहाँ मधुपर्कका सम्पादकसमेत आफ्नो दायीत्वबाट चुकेको प्रमाण प्रष्ट छ । सम्पादकले भन्लान्, “चित्त नबुझेको कुरा कारणसहित लेखे हामी छापिहाल्छौं नि !” तर यस भनाईमा चरित्रहत्या छाप्नु ठीक हो भन्ने दावी गौण रूपमा बोल्ने भएकोले यस भनाईको आधारभूत तर्क नै गलत छ । यसरी र्हस्व र दीर्घ मात्र हेरेर चरित्रहत्या जस्ता आपराधिक कुरालाई लेखबाट हटाउन नसकेको देख्दा कतै यस्ता लेखमा सम्पादक स्वयंकोसमेत संलग्नता त छैन भन्ने प्रश्न मनमा उठ्छ भने अनेकौं आर्थिक भ्रष्टाचार र गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरू विनासजाय पाँचतारे होटेलमा मांस र मदिरामा झुमिरहेको बेलामा कसैको केही हानी नोक्सानी नगरिकन घरमा बसिरहन खोज्ने व्यक्तिले “म तिमीहरूले भनेको जस्तो फटाहा यस कारणले होइन है” भन्दै दुनियाँलाई स्पष्टिकरण दिंदै हिंड्नु पर्ने स्थिति कसले उब्जायो ? किन उब्जियो ?
नेपाल सांस्कृतिक संघ
नेपाल सांस्कृतिक संघले महाकवि देवकोटाको निम्ति केही गरूँ भन्ने उद्देश्यले सुरूदेखिनै राम्रा कामहरू गर्दै आएको छ । महाकवि देवकोटाका समकालीनहरू र खासगरी बालकृष्ण समजीको सहयोग लिएर महाकवि देवकोटाको अर्धकदको सालीक आफ्नो मूल चोकमा राखेको छ । आजसम्म मैले देखेका महाकवि देवकोटाका सालिकहरू मध्ये उहाँको चेहरा सबभन्दा राम्ररी उत्रिएको सालिक पनि यही हो । यसको अलावा प्रत्येक वर्ष यस संघले महाकवि देवकोटाको जन्मजयन्ति मनाइरहेको छ । कवि–कुञ्जबाट महाकविका पाण्डुलिपिहरू बुझिलिएको भर्पाईसमेत गर्दै लगेर वा श्यामदाश वैष्णवबाट महाकविका पाण्डुलिपि प्रकाशनार्थ प्राप्त गरे बापत उहाँलाई पैसा दिएर वा अन्य व्यक्तिबाट पाण्डुलिपि लिएर होस् पुस्तक छापेको पनि छ । यस संस्थाले छापेका कृतिमध्ये महाराण प्रताप, म्याकवेथ, मनोरञ्जन, कृषिवाला, Shakuntala Epic र The Ballad of Luny छन् । साथै, मेरी माता मनदेवी देवकोटालाई संस्थाले रायल्टी पनि दिएको कुरा मलाई थाहा छ ।
अब, यसरी काम गरिरहेको संस्थाविरूद्ध मैले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा किन उजुरी हालें हूँला ? यो सर्वसाधारणको लागि खुलदुलीको विषय बन्न सक्ने हुनाले यस विषयलाई लिएर केही कुरा बताउन चाहान्छु । तर यो पनि सबैलाई स्मरण गराउन चाहान्छु कि हामी त्यो मुलूकमा बाँचेका छौं जहाँ ट्याक्सिको मिटर बिगारेर प्यासेन्जरलाई ठग्न खोज्दा प्रहरीले हस्तक्षेप गर्यो भनेर ट्याक्सि ड्राइभरहरू घण्टौंसम्म सडक अवरूद्ध गरेर दिनदाहाडै विरोधमा उत्रिन्छन् । यहाँ शिष्ठता, नैतिकता, सभ्यता र तर्क खोज्न दिउँसै लालटिन बालेर हिंड्नुपर्ने भइसकेको छ । यदी यी कुरा खोज्नु गल्ती हो भने मैले यही गल्ती गरेको छु ।
नेपाल सांस्कृतिक संघले कुनै गल्ति नगरेको भए मैले त्यस संस्थाको विरूद्ध उजुरी हाल्नुपर्ने कारण थिएन । सर्वप्रथम त्यस संस्थाबाट The Ballad of Luny बढो अनुत्तरदायी पाराले छापियो । महाकवि देवकोटाको यस मुद्रित कृतिमा यति धेरै प्रुफका गल्ति भेटिए कि संस्थाले आफै लाज मानेर यो पुस्तक बजारमा नल्याईकन भण्डारमै थुपार्यो । मैले यस विषयमा केही बोलिन किनभने गल्ति सबैको हुनसक्छ । आर्थिक नोक्सानीसमेत व्यहोरेर बसेको संस्थालाई अन्य कुरामा सहायता गर्दै कुनै दिन यस कृतिलाई सच्चाएर छाप्ने छु भन्ने विचार गरेर मौन रहेँ ।
अनि अंग्रेजी शकुन्तला महाकाव्यको प्रसङ्ग उठ्यो । डिल्लीराज उप्रेती र श्यामदाश वैष्णवले नेपाल सांस्कृतिक संघ सो अंग्रेजी महाकाव्य छाप्न चाहान्छ, प्राध्यापक श्रीधरप्रसाद लोहनी र मैले मिलेर कृतिको सम्पादन गरिदिनु पर्यो भनेर प्रस्ताव राख्न आउनुभयो । हामीले सो राम्रो काम गर्ने सुअवशर स्वीकार्दै नेपाल सांस्कृतिक संघबाट त्यसको टाइप भएको प्रति मैले नै बोकेर घर ल्याएँ । त्यसको दुइदिनपछि प्राध्यापक श्रीधर लोहनीजीकहाँ सो कृति लिएर बस्यौं । मैले धेरै अगाडि महाकवि देवकोटाका अंग्रेजी कृतिहरू (महाकाव्य, फुटकर कविता र निबन्धहरू) टाइप गराएर राखेको थिएँ र आफूसँग भएको महाकाव्यको टाइप भएको कृति पनि एक प्रति लिएर गएको थिएँ । पहिलो बसाई मै हामीलाई प्रष्ट भयो कि मसँग भएको र नेपाल सांस्कृतिक संघबाट प्राप्त गरिएको शकुन्तला महाकाव्य यौटै होइन रहेछ । यसको कारण श्यामदाश वैष्णवले नेपालीमा लेखेको र मैले अंग्रेजीमा उल्था गरिदिएको सो महाकाव्यको “Preface” मा यसरी बताइएको छ, “We must not forget Mr. Lyndon Clough of the British Council who took the pains to polish the English language of the epic.” अर्थात् कुनै अंग्रेजले महाकवि देवकोटाको अंग्रेजी चलाइसकेको रहेछ ।
कसरी चलाएको रहेछ भन्ने यौटा सानो उदाहरण हेरौं । महाकविको मौलिक कृतिको प्रथम क्यान्टो यसरी सुरु हुन्छ :–
Of ancient Bharat, where the first day dawned
Resplendent on the snow peaks, myriad throats
Warbling sweet music to the scent of dew,
Auroral waves of early colours spilt
Upon her firmament, the first fane reared
To the Almighty’s image ringing clear,
The first-bloomed flower with its sacred flame
Teaching the prompted sage to build and light
The early altar, while with folded eyes
He heard a voice and felt the strong constraint, (श्लोक छुट्टाएको छैन)
Sing, goddess of the sacred book and lyre,
Saraswati, upon thy snow-white swan,
In robes of lily decked, a virgin pure,
Divinely featured, calm like prayer, thou!
अनि लिन्डन क्लफले भाषा चलाएपछि सोही कविताले निम्न रूप लिन्छ :–
In ancient Bharat, where the first day dawned

Warbled sweet music to the scent of dew.
Auroral waves of early colours spilt
Upon her firmament. The first fane reared
To the Almighty’s image ringing clear.
The first flower bloomed; and with its sacred flame

He heard a voice and felt the strong constraint.

माथिका दुइवटा उदाहरणमा महाकवि देवकोटको अंग्रेजीभन्दा लिन्डन क्लफले सम्पादन गरेपछिको अंग्रेजी पक्कै पनि आधुनिक छ । तर के जन मिल्टनका प्याराडाइज लस्टलाई पनि आजको आधुनिक अंग्रेजीमा सम्पादन गर्यो भने त्यो कृति अझ राम्रो बन्ला त ? महाकवि देवकोटाको लामो वाक्यलाई छोटाछोटा वाक्यमा परिणत गर्दै उहाँले प्रयोग गर्नुभएको -ing जति -ed मा परिणत गर्दै केही शब्द चलाउँदा भाषिक स्पष्टता आयो होला, तर यहाँ महाकविको शैली त पक्कै हेरफेर भयो ! उहाँको वाक्य संरचनाका कारणले Of बाट सुरू भएको पंक्ति क्लफको सम्पादन पछि In बाट सुरू गरिएको छ र लेखकले एउटा श्लोकमा बताएका कुरा सम्पादकले दुइवटा श्लोकमा ढालिदिएका छन् । यही श्लोकको अन्त्यतिर महाकवि देवकोटाको Lost souls, gone blind, strayed from the path of truth लाई Lost souls, gone blind, errants from the path of Truth र Doubting ourselves, our gods, our noble faith लाई We doubt ourselves, our gods, our noble faith मा परिवर्तन गरिएको छ । यसरी कुनै पनि कविको शैली परिवर्तन गर्ने अधिकार सम्पादकमा छ भन्ने श्यामदाश वैष्णवहरूको तर्कसँग म सहमत हुन सकिन । व्याकरणका त्रुटीहरू मात्र चलाएको भए पनि चुप लाग्ने ठाउँ थियो होला; तर साधारणतय साहित्यिक कृतिहरूको सम्पादन कार्यमा हिज्जे र विरामचिन्ह मिलाउनु यौटा कुरा हो भने शब्द र शैलीनै परिवर्तन गरिदिनु उचित होइन भन्ने मेरो ठहर छ ।
अब, यति मात्र भएको भए चुप लागिन्थ्यो होला; तर आर्को एउटा उदाहरण पनि हेरौं । महाकवि देवकोटा लेख्नुहुन्छ,
O, the grand pageant of the glorious past
Once redisplay in soul-elating light
That we may find our soul and rise and rule!
Then, sing, O Indian Pallas Athene...
लिन्डन क्लफले चलाएको र नेपाल सांस्कृतिक संघबाट प्रथमबार छापिएको पुस्तकबाट तिनै हरफका उद्दरण निम्न प्रकारको छ,
Resplendent pageant of the glorious past
Now re-display in soul-elating light
That we may find our faith and rise and rule!
Then sing, O Indian goddess wise...
यसरी सम्स्या चर्किएको छ । सम्पादनको क्रममा हिन्दूको आत्मा (soul) क्रिश्चियनको विश्वास (faith) बन्न पुगेको छ र देवकोटाका अन्य कृतिमासमेत देखिएको ग्रिसेली र हिन्दू देवदेवीहरूको समानान्तर रेखाद्वारा दुइवटा संस्कृति गाँस्ने चेष्टा भत्काइएको छ । “O Indian Pallas Athene” लाई “O Indian goddess wise” गरेर बदलिदिएको छ । अर्थात् लिन्डन क्लफले यस्ता धेरै परिवर्तन गरेका छन् भन्ने कुरा आज थाहा छ । तर त्यसबेलामा अरू यस्ता के के परिवर्तन गरिएका थिए भनेर सबै अध्ययन नगरिसकेको अवस्था भए तापनि मैले यति उदाहरणकै आधारमा Epic Shakuntala तुरुन्तै नछापिहाल्न र छापिहाल्ने भए महाकविको मौलीक अंग्रेजी कृति छाप्न भनेर श्यामदाश वैष्णव र नेपाल सांस्कृतिक संघका पदाधिकारीसँग अनुरोध गरें, तर उहाँहरूले मान्नुभएन किनभने लिन्डन क्लफले महाकविको कृति चलाउन नमान्दा नमान्दै पनि उसलाई नेपाल सांस्कृतिक संघले जिद्दी गरेर पारिश्रमिक स्वरूप पाँच सय रुपैयाँ दिएर सम्पादन कार्य सुम्पिएको थियो । नेपाल सांस्कृतिक संघलाई क्लफ जस्तो (अंग्रेजी साहित्यको होइन कि ग्रिक साहित्यको) विशेषज्ञले हेरेपछि देवकोटाको कृति अझ राम्रो हुन्छ भन्ने विश्वास थियो । त्यसैले मैले नेपाल सांस्कृतिक संघका पदाधिकारीलाई आफ्नै देशका महाकविको भाषिक क्षमताउपर अविश्वास गर्ने र सेतो छालामा सबै ज्ञान र कर्मको शुद्धता पाउने यस प्रवृत्ती गलत भएको बताउनु पर्यो । तर महाकाव्य छापियो र गिरिजाप्रसाद कोइरालाले त्यसको विमोचनमा “यो नेपाली शाकुन्तलको असाद्धै राम्रो अनुवाद भएको रहेछ !” भनेर बोलिसकेपछि नेपालका विद्वानहरूलाई के चाहियो र ? ठूलाले जे सत्य भनेर बाँढ्छन् दुनियाँले विनाप्रश्न सोही कुरा ग्रहण गर्छ र दोहोर्याइदिन्छ । यसपछि सबैले यस कृतिलाई अनुवादकै रूपमा देख्न थाले र यो कृति अनुवाद होइन भनेर मैले धेरैलाई बुझाउँदै हिंड्नु पर्यो ।
यस्तै घटनाहरूबाट विरक्तिएर नेपाल सांस्कृतिक संघसँग मैले महाकविका पाण्डुलिपिहरू फिर्ता मागिरहेकै थिएँ । त्यहाँका एकजना पदाधिकारीले अंग्रेजी शकुन्तलाको पाण्डुलिपि नेपाल सांस्कृतिक संघमा नभएको कुरा बताउनु भयो । “कहाँ गयो त ?” भनेर सोध्दा तैपनि खोजिदिने कुरा गर्नुभयो । पटकपटक गएर पाण्डुलिपि मागेपछि एक दिन अफिसको काठको दराजबाट एउटा Capital मार्काको कापि निकाल्नुभयो जसमा आठौंदेखि दशौं क्यान्टोसम्म लेखिएको थियो । अंग्रेजी शकुन्तला महाकाव्यको यो कापि बाहेक अरू कापिहरू नेपाल सांस्कृतिक संघबाट मैले फिर्ता पाएको छैन, सबै हराएका छन् ।
अनि, यसरी पाण्डुलिपिहरू हराएको राम्रो भएन भनेर नेपाल सांस्कृतिक संघका महासचिवसँग महाकविका पाण्डुलिपिहरू सबै फिर्ता पाऊँ भन्न जाँदा उहाँले मलाई, “हामीसँग पाण्डुलिपिहरू छन् र ? हामीले बुझिलिएका भपाई केही छ भने ल्याउनुहोस्, अनि हेरौंला” भन्नुभयो । विश्वासकै आधारमा पनि विद्वानहरूसँग काम हुनुपर्ने सभ्यताकाको अभावमा वर्षौंपछि आएर भर्पाइ खोज्नु कारीन्दाको कार्यकुशलता थियो भने यो कत्रो विडम्बना पनि थियो ! तरै पनि जीर्ण अवस्थामा रहेका छसात टुक्रा भर्पाइहरू फोटोकपिसमेत मसँग भएकाले मैले ती भर्पाइहरू नेपाल सांस्कृतिक संघका महासचिवलाई लगेर देखाएँ । ती भपाईमध्ये एउटाको उदाहरण तल दिएको छु :–
लिखितम् काठमाडौं डिल्लीबजार बस्ने नेपाल सांस्कृतिक संघका कोष् (“कोषाध्यध्य” शब्द काटिएको छ) शैलेन्द्रनाथ रिमाल आगे तपाईं स्व. महाकवि श्री लक्ष्मीप्रसाद देवको (अन्तिम अक्षरहरू “टाकी” बुझिए तापनि छैनन्) श्रीमती मनदेवी देवकोटासँग, निज लेखकका अप्रकाशित काव्य र अरू कृतिहरू प्रकाशित गर्ने श्री ५ को सरकार मार्फत यस संघलाई प्राप्त हुने भएको रु २५०००। बाट शर्त बमोजिम प्रकाशित गर्ने उद्देश्यले तपसिलका पुस्तक, अप्रकाशित पाण्डुलिपिहरू मैले लगेको हुँदा यो कागज गरि (अस्पष्ट छ)
१. मैकवेथ (नेपाली अनुवाद)
२. महाराणा प्रताप (नेपालीमा महाकाव्य)
३. मोथ (खण्डकाव्य अंग्रेजीमा र कविताहरू)
४. शकुन्तला (अंग्रेजीमा महाकाव्य)
इति सम्बत् २०२२ साल माघ २७ गते रोज ४ शुभम्
यस्तै अरू भर्पाइहरू पनि छन् जसबाट मनोरञ्जन, कृषि–बाला र कविता संग्रह आदिका पाण्डुलिपि नेपाल सांस्कृतिक संघले लगेको बुझिएको छ । तर लगे जति पाण्डुलिपि नेपाल सांस्कृतिक संघले फिर्ता भने दिन नसकेको कुरा बिर्सिनु हुन्न ।
यसबाट नेपाल सांस्कृतिक संघले महाकवि देवकोटाको अंग्रेजी शकुन्तलाको पाण्डुलिपि (मैले फिर्ता पाएको कापि बाहेक) हराएको कुरा प्रष्ट हुन गएको छ । यिनै भर्पाइहरू नेपाल सांस्कृतिक संघका तत्कालीन महासचिवलाई देखाएपछि उहाँले सो महाकाव्यको लिन्डन क्लफले सच्चाएको टाइप कपि र अरू दुइवटा रजपूत रमणीका पाण्डुलिपि फिर्ता गर्नुभयो र नेपाल सांस्कृतिक संघमा रहेका महाकवि देवकोटाका सबै कृति फिर्ता भयो भनेर मैले दिएका भर्पाइमा उल्लिखित बार्हवटा पाण्डुलिपि फिर्ता गरेको भनिएको कागजमा मलाई सहीछाप गर्न भन्नुभयो । उहाँको तर्क थियो – संस्थाले यी पाण्डुलिपि अगाडिनै फिर्ता गरिसकेको छ, फेरि बीचबीचमा किच्किच् नआओस् । यो थियो २०५२ सालको कुरा । वास्तवमा कतिपय पाण्डुलिपि त्यहाँबाट फिर्ता नआएको देखिए तापनि मैले मुद्दा हालेरै पनि ती उपलब्ध नहुने देखेर कागजमा सही गरिदिएँ । साथै नेपाल सांस्कृतिक संघले हालसम्म छापेका कृतिहरू छाप्ने अधिकार पनि फिर्ता लिएँ । मैले नेपाल सांस्कृतिक संघलाई गरेको एउटा असहयोग यो हो ।
अनि मैले टाईप गराएर राखेको अंग्रेजी शाकुन्तलको कपिको आधारमा एकता बुक्स पब्लिकेशन्स्बाट देवकोटाको मौलिक अंग्रेजी शाकुन्तल महाकाव्य निकाल्नका निम्ति भनेर धेरै परिश्रम र समय खर्च गरेर शुद्धाशुद्धि मिलाइयो, तर एकताले कम्प्युटर टाइप भइसकेको कृति हराइदिएपछि यो कृति निकाल्न सकिएन । यस तथ्यलाई माथि दिएको महाकवि देवकोटा बारेको वेबसाइटमा मैले उल्लेख गरेको छु । भाग्यवस दुइतीन महिना अगाडि मेरा कागजका थुप्राहरूमा प्रुफ हेरेको एकप्रति टाइपस्क्रिप्ट फेला पारेको छु जसको फोटोकपि गर्न र त्यसपछि त्यसलाई पुन: टाइप गराउन बाँकी छ ।
अब आयो वृत्तचित्रको कुरा । वृत्तचित्र बन्न धेरै वर्ष लाग्यो र बीचबीचमा किन काम नसकिएको होला भनेर नेपाल सांस्कृतिक संघका पदाधिकारीहरूसँग सोध्दा एकजनाले भन्नु भयो, “पैसा पुगेन रे ! डाइरेक्टर साहेबलाई यस संस्थाका अध्यक्ष नरसिंह बहादूर श्रेष्ठ करोडपति हुनुहुन्छ भन्ने थाहा छ । अलिकति दुहुन खोजे जस्तो देखिन्छ ।” त्यसबेलामा मैले यस्तो दिमाग प्रदुषित गर्ने कुराको वास्ता गरिन; तर आज आएर के ठीक हो भन्न सकिरहेको छैन । तर यो कुरा भने पक्कासँग भन्न सक्छु कि नरसिंह बहादूर श्रेष्ठजीको घरमा एक पटक र नेपाल सांस्कृतिक संघमा अनेकौं पटक म बैठकमा उपस्थित भएको छु । यस्तो उपस्थिति हाजिरकापिले नै बताउँछ भने यस वृत्तचित्रमा संलग्न विद्वानहरूले मैले असहयोग गर्नको निम्ति भनेर कहिल्यै पनि बैठकमा हाजिर नभएको भन्ने कुरा कृष्ण अविरललाई कसरी बताउन पुगे ? बताएका होइनन् भने कृष्ण अविरलको नियत हामीले कसरी बुझ्ने ? कलम घुमाउने क्षमता चलाकी होला, नैतिकता पक्कै होइन ।
वृत्तचित्र बनाउने क्रममा यादव खरेलले फोटोहरू खोज्नु भएको हुँदा मेरो आल्बममा भएजति फोटोहरू कमलमणि दीक्षितजीको हात मेरो घरैबाट नेपाल सांस्कृतिक संघलाई वृत्तचित्र बनाउने प्रयोजनकालागि भनेर दिई पठाएको हूँ । यसको केही समयपछि एकदिन राती यादव खरेलजीको फोन आयो र उहाँले “देवकोटा परिवारले सहयोग गरेन” भन्न थाल्नुभयो । कि फलानो थोक चाहियो भन्नु पर्यो कि आरोप लगाउनु भएन ! देवकोटाका संपूर्ण कृतिहरू मकहाँ भएनन् र ती कृतिका तस्वीर खिच्न उहाँले अन्त पनि पाउनु भएन भनेर मैले असहयोग गरेको भन्न मिल्दैन । नभएका कुरा जादु गरेर टोपिबाट खरायो झिकेझैं झिकेर दिन नसक्नु असहयोग हैन । मबाट प्राप्त वस्तुहरूको चित्र त वृत्तचित्रमै उतारिएका छन् । हो, कुनैकुनै बैठकमा मेरो कार्यव्यस्तताले गर्दा म जान सकिन हुँला, तर मेरो असहयोग गर्ने उद्धेश्य पक्कै थिएन । छायाङ्कनमा अनुपस्थित हुनु कसरी असहयोग ठहरिन्छ जब कि म डाइरेक्टर होइन ?
अनि, अलिपछि एकदिन मकहाँ “पागल” कविताको छायाङ्कन बारे छलफल गर्न आउनुभएका यादव खरेलले नेपालीको संवाद अंग्रेजीमा उल्था गरिदिन मलाई भन्नुभएको हो, तर मैले म त्यसको अनुवाद गर्दिन भनेको भने होइन । संवाद ल्याएर मलाई दिएको भए अनुवाद गर्न कति समय लाग्थ्यो भन्न सक्दिन, तर फुर्सदमा उल्था गरिदिन्थें । तर यसपछि कसैले पनि फेरि मलाई अनुवाद गरिदिन भनेर भनेको सम्झना छैन ।
हो, वृत्तचित्र प्रथमबार नेपाल सांस्कृतिक संघको माथिल्लो तलामा हेर्दा म हरेस खाएँ । प्रा.डा. अभि सुवेदीले एकोहोरो कागजबाट केके पढिरहेका थिए र महाकवि देवकोटासँग सम्बन्धित केही चित्रहरू झल्याकझुलुक आउँथे । निर्देशक यादव खरेललाई यो वृत्तचित्र बन्नु अगाडि नै मैले “साहित्यकारको वृत्तचित्र यस्तो हुनुपर्छ, घर लगेर हेर्नुहोस्” भनेर वेलायती कवि स्टिभि स्मिथका बारेमा Not Waving But Drowning शीर्षकमा बनेको यौटा राम्रो अंग्रेजी वृत्तचित्र हेर्न दिएको पनि थिएँ जसमा सम्बाद बोल्नेको अनुहारलाई भन्दा कविलाई बढी हाइलाइट गरिएको थियो र संवाद बोल्नेको स्वर केवल पृष्ठभूमिमा सुनिन्थ्यो । त्यस दिन वृत्तचित्र हेर्न उपस्थित सबैको यौटै मान्यता थियो – प्रा.डा. अभि सुवेदीको अनुहार आवश्यकभन्दा धेरै बढी समयसम्म देखाइयो । यो महाकविको प्रचार हो कि प्रा.डा. अभि सुवेदीको प्रचार हो भन्ने कुरा अस्पष्ट थियो । यसलाई सम्पादन गर्न भनेर त्यस दिन यादव खरेललाई टोलीले निर्देशन दियो । सफल वृत्तचित्रको यौटा राम्रो उदाहरण हातमा हुँदाहुँदै पनि निर्देशक यादव खरेलले बनाउनु भएको महाकवि देवकोटाको वृत्तचित्र जनताले खोजीखोजी हेरेको अनुभव मैले गर्न पाएको छैन ।
त्यसपछि म बैठकमा जान छाडें किनभने मैले महाकवि देवकोटाको बारेमा बन्न लागेको वृत्तचित्र हेरेर पाउने आनन्द निर्देशकको जिद्दी र गलत टेक्निकले लुटिदियो । मेरो दोस्रो असहयोग यही थियो ।
यसपछि वृत्तचित्रलाई लिएर महाकवि लक्ष्मीप्रसाद देवकोटा (Laxmi Prasad Devkota, the Great Poet) शीर्षकको नेपाल सांस्कृतिक संघसँग सर्वाधिकार रहेको यौटा किताब निस्कियो जसको लेखक मात्र नभएर डाइरेक्टरसमेत भनी आवरणमा यादव खरेलजीको नाम थियो । पुस्तकको डाइरेक्टर भनेको मैले कहिल्यै पनि सुनेको थिइन ! मैले नेपाल सांस्कृतिक संघलाई वृत्तचित्र निर्माणको प्रयोजनकालागि दिएका फोटोहरू सबै यसमा मेरो जानकारीविना छापिएका रहेछन् । यसरी यौटा प्रयोजनकालागि दिएका फोटोहरू आर्कै प्रयोजनकालागि प्रयोग भएको देखेर मलाई दु:ख लाग्यो । यी त आर्काइभमा रहने फोटोहरू थिए ! यादव खरेलजीले एक पटक मलाई यसो गर्दैछु है भनेर फोनबाटै भए पनि सूचित गर्नुभएको भए पुग्ने थियो । तर यहाँ आर्थिक अधिकारकोभन्दा यसरी फोटाहरू प्रयोग गर्ने व्यक्तिको नैतिकताको संकटको सवाल प्रष्ट थियो । अनि, नेपाल सांस्कृतिक संघले मलाई मौखिक स्पष्टिकरण मात्र दिएको भएपनि म चुप लाग्थें हुँला; तर संस्थाका अध्यक्षलाई यस्तो किन गरियो भनेर सोद्धा उहाँले “खै, यादव खरेलजीले के के गर्नु भयो, मलाई थाहा छैन” भन्नुभयो । मैले यस जवाफले चित्त बुझाउन सकिन । त्यसैले सो पुस्तकको सर्वाधिकार रहेको संस्थाका अध्यक्ष्यले यसको जवाफ दिनबाट पन्छिन नहुने बताएपछि उहाँले “म बुझेर भनौला” भन्नुभयो ।
लामो अवधिसम्म उहाँबाट केही नसुनेपछि फेरि फोन गरेर सोधें । नेपाल सांस्कृतिक संघका अध्यक्षले “ए, म बुझौंला भनेको फुर्सद पाएको छैन” भन्नुभयो । यस कुरालाई उहाँले गम्भीरतापूर्वक लिनुभएको रहेनछ । फेरि केही समय कुरेँ र सोधेँ । “अँ, यौटा मिटिङ्ग बोलाउँछु र यसबारे त्यही मिटिङ्गमा कुरा गरौंला” भनेर पन्छाउने आर्को जवाफ आयो । फेरि केही समय कुरेँ । मिटिङ्गको नामनिशाना छैन । फेरि फोन गरेँ । “अँ, अब छिटै मिटिङ्ग बोलाउँछु” भन्ने जवाफ पाएँ । तर मिटिङ्ग लामो समयसम्म बोलाइएन । पहिलो पटक होइन, बराबर यस संस्थाले आफूलाई गम्भीरतापूर्वक नलिएको अनुभव थपिँदै गएपछि एकदिन प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा गएर यादव खरेलको विरूद्ध हैन कि नेपाल सांस्कृतिक संघको विरूद्ध उजुरी हालें – फोटोहरूको गलत प्रयोजन किन गरियो भनेर । त्यसै दिन बेलुकी मकहाँ भोलिपल्टको दिन साँझमा नेपाल सांस्कृतिक संघले मिटिङ्ग राखेको खबर आइपुग्यो । अनि त सो बैठकमा उजुरी हालेको पत्र लिएर गएँ । नेपाल सांस्कृतिक संघका पदाधिकारीहरू मसँग रिसाउनु स्वाभाविक थियो । तर कृष्ण अविरलको लेखमा भनेझैं सो उजुरीमा “बिक्रीवापतको रोयल्टी आफूले दावी गरिएको छ” भन्ने कुरा सरासर झुठ हो । मैले रजिष्ट्रारको कार्यालयमा पुष २, २०६४ मा हालेको उजुरी यस प्रकारको थियो :–
इगो
यादव खरेलजीका अनन्य मित्र प्रा.डा. अभि सुवेदीसँगको मेरो “इगो”को टक्करले गर्दा महाकवि देवकोटाको वृत्तचित्र निर्माणमा असर परेको कुरालाई लिएर कृष्ण अविरलको लेखले मलाई आक्षेप लगाएको छ । मेरो “इगो”को कुरा जहाँसम्म छ, यो प्रा.डा. अभि सुवेदीकै प्रचारबाजीको खेल हो रहेछ भने पनि मलाई आश्चर्य लाग्नेछैन । उहाँले नचाहाँदा नचाहाँदै पनि अंग्रेजी विभागमा आगो लगाउने ब्याचका विद्यार्थीहरूकै मुखबाट हामीले सुनेको कुरा यो हो कि उनिहरूले विभागिय प्रमुख प्रा.डा. अभि सुवेदीकै कारणले विभागमा आगो लगाएका हुन् । विद्यार्थीहरू आफै भन्छन्, त्यस दिन प्रा.डा. अभि सुवेदी विभागमा उपस्थित हुनुहुँदो हो त आगो लाग्ने संभावना घट्ने थियो ।
अनि आगो त विदेशका अन्य विश्वविद्यालयमा पनि लाग्छन् । सन् २००४ सालमा जापानको युनिभर्सिटी अफ् टोकियोका इमामिचि टोमोनोबुले लेखेका र मेरी ई. फस्टरले अंग्रेजीमा उल्था गरेको पुस्तकको Fire in the Dean’s Office नामको चौऔन्नौं अध्यायमा यसरी कुनै विद्यार्थीलाई डीनको कार्यालयमा आगो लगाए वापत सजाय दिन नसके तापनि विश्वविद्यालयका प्रेजिडेन्ट मुकाइबो ताकासी र फ्याकल्टि डीन इमामिचि टोमोनोबुको क्रमश ३ महिना र ६ महिनाको तलब काटेर फ्याकल्टि अफ लेटर्सका डाइरेक्टर नामामुरा केनलाई शिक्षा मन्त्रालयले “कामबाट भागेको” आरोप लगाएर स्पष्टिकरण मागेको कुरा खुल्न आएको छ । तर नेपालमा भने विभागमा आगो लगाइएको बेलामा अनुपस्थित विभागिय प्रमुखसँग स्पष्टिकरण कसैले मागेन र विभागमा आगो लागे वापत कसैले पनि सजाय भोग्न परेन भने विभागाध्यक्ष प्रा.डा. अभि सुवेदीका अनन्य पत्रकार मित्रहरूले विभागको आन्तरिक यथार्थको वेवास्ता गर्दै पत्रपत्रिकामा उहाँलाई भिक्टिमको रूपमा प्रचार गर्न थालेपछि मैले पनि कान्तिपूर दैनिकमा विभागको भित्री र फरक दृष्टिकोण जनतालाई अवगत गराउन एउटा लेख लेखेपछि प्रा.डा. अभि सुवेदी र उहाँका अनुयायीहरूले मेरा बारेमा अनेकौं गलत कथा हाल्न थालेका हुन् । नपुंशकलाई ढाल बनाएर वाण हान्ने काम महाभारतमा मात्र भएको छैन । तर यस प्रकारको काम नरोकेको खण्डमा भविष्यमा अरू यथार्थको विवरण सार्वजनिक गर्न म बाध्य हुने देखेको छु । अरूलाई पनि थाहा भएका कुरा भए तापनि सभ्यताको कारणले हाललाई अन्य यथार्थका विवरण दिन नचाहेको हूँ ।
मैले न ख्याति खोजेको छु, न ठूलो आयआर्जन, न त बाँच्नकालागि माफिया वा पार्टीको आधार ! विद्याको क्षेत्रमा सबैको आ–आफ्नै कमाई हो । मैले आफूलाई साहित्यकार वा कविको रूपमा स्थापित गर्न खोजेको भएपनि प्रतिश्पर्धा चल्यो भन्न मिल्थ्यो होला, तर म यस क्षेत्रमा संलग्न छैन । मैले प्रशासनिक पदसम्म पनि नचाहेको अवस्थामा साथीहरूको आग्रहमा विभागको आगो पछि केही समय प्रशासन सम्भालेको हूँ । जब प्रा.डा. अभि सुवेदीसँग मेरो कुनै लेनदेन छैन, त्यहाँ इगोको कुरा कहाँबाट आउँछ ? अनि अरू कसैसँग नभएर प्रा.डा. अभि सुवेदीसँग मात्र इगोको कुरा कसरी आयो होला ?
अनि इगोको अर्थ के र यसले महाकवि देवकोटाको वृत्तचित्रमा कसरी असर पार्यो ? महाकविसँग वृत्तचित्रमा गाँसिन पाउँदा बरू प्रा.डा. अभि सुवेदीको इगो रम्रमायो होला ! उहाँ यस्ता क्षणका लोभि हुनुहुन्छ । अनि, उहाँ साहित्यकारको माझमा म प्राध्यापक हूँ भन्दै प्राध्यापकको माझमा म कवि हूँ भन्दै आफ्नो परिचय दिन खुसाउनु हुन्छ । विभागमा विद्यार्थीले आगो लगाएपछि विभागका सबै शिक्षकलाई त्रि.वि.को उप–कुलपतिसँ भेट गराउन विभागिय प्रमुखको हैसियतले समय लिइदेऊन भनेर सिनियर कलिगहरूले भन्दा उप–कुलपतिको फुर्सद छैन रे भन्दै उन्नाइस दिनसम्म मैले विभागका साथिहरूलाई अल्मलाएको छैन । यसै सन्दर्भमा कमसेकम आफ्नै विद्यार्थीहरूको मुखबाट उनिहरूले किन विभागमा आगो लगाएका हुन थाहा पाउन उनिहरूसँगै सोध्ने उद्देश्यले उनिहरूलाईसमेत सामेल गराएर बैठक बोलाइदेउन भन्दा साथिहरूलाई झुक्काएर मैले विद्यार्थी युनियनको प्रतिनिधिलाई मात्र बैठकमा बोलाएको छैन ।
वास्तवमा इगो खोज्ने नै हो भने लेखकका रचनाहरूका मात्र अध्यन गरे पनि पुग्छ । बराबर कान्तिपूर दैनिक र काठमान्डु पोष्टमा आग्रादेखि रुमल्लिएर गाग्रासम्म पुगेका प्रा.डा. अभि सुवेदीका लेखहरू जाँच्ने क्षमता भएका पाठकले ती लेख पढ्दा के पाउँछन् ? “म ! म यहाँ गएँ ! मैले यसो गरेँ ! मैले उसो गरें !” इगो भनेको यो पो त हो ! बराबर अशुद्ध अंग्रेजीमा सिलसिला नमिलेका लेखमा पाश्चात्य साहित्य सिद्धान्तका नयाँ शब्दहरू प्रयोग गरेर साधारण पाठकउपर आफ्नो ज्ञानको प्रभाव पार्न चेष्टारत विद्वान प्रा.डा. अभि सुवेदी कलम्निष्ट भए वापत चिरपरिचित हुनुहुन्छ । गोविन्दराज जोशी र चिरञ्जीवी वाग्लेलाई टिभिमा देखिरहने कसले चिन्दैन र ? तर अमेरिका जान भिसा नपाएकोमा पत्रिकामा गुनासो गरेपछि अमेरिकी राजदूतले काठमान्डु पोष्टमा “अभि सुवेदी त हाम्रै सम्पर्कका मानिस हुनुहुन्छ, भिसा नदिने कुरै भएन” भनेर लेखेपछि कसैले उसलाई जवाफ लेख्न सक्यो ? मलाई पनि बराबर यस देशका सबैभन्दा ठूला विद्वान पत्रिकाका कलम्निष्ट नै हुन् कि भन्ने लाग्छ !
अनि अंग्रेजी विभागमा पढाउन भनेर त्रि.वि. सेवाले जागीर दिएका शिक्षकले केही विद्यार्थीलाई मात्र अँगालो हालेर माया गरेपछि विभागमा आगो लाग्छ । तर विभागमा लागेको आगोको काण्डपछिको प्रथम कक्षामा गएर विभागाध्यक्ष प्रा.डा. अभि सुवेदीले उहाँ आफूहरू “विद्यार्थीलाई माया गर्ने” र विभागका अरू साथीहरू “विद्यार्थीलाई माया नगर्ने” हुन् भनेर क्लासमा पढ्न बसेका विद्यार्थीकै अगाडि भनेर विभागलाई दुइ फ्याक पार्नु भएको हो । एकातिर यस्ता उदाहरण अरू पनि छन् भने आर्कोतिर चुप लागेर आफ्नै अध्ययन र लेखनमा व्यस्त रहन चाहाने मलाई इगोको समेत आक्षेप लगाउने षडयन्त्रकारी को होला त ? यसको जवाफ कृष्ण अविरलहरूले दिन सक्लान् ?
लेखकस्व
अनि त्रिभुवन विश्वविद्यालयका अर्का नेपालीका प्राध्यापकको चर्चा गरौं । भिक्टर प्रधानको असीम ज्ञान यसरी कृष्ण अविरलको लेखमा बोलेको छ, “हामीले छापेका कृति महाकवि ले नेपाली भाषा प्रकाशनी समितिको जागिरे भएवापत लेखेको कृतिहरू मात्र हुन् ।” यसैलाई कारण देखाएर उहाँ देवकोटा परिवारलाई लेखकस्व नदिए पनि हुन्छ भन्ने तर्क गर्नुहुन्छ । यसरी विश्वमा कहीँ नहुने कुरा नेपालमा भएको देखेर मलाई उदेक लागेको छ । यस देशमा कवि र सर्जकले आफ्नो सिर्जना बेच्न जागीर खाँदा रहेछन् ! यो ज्ञान मसँग थिएन ! मलाई त लाग्थ्यो कि मानिसले पैसा कमाउन जागीर खान्छ, आफ्नो सिर्जना बेच्न हैन । मलाई लाग्थ्यो, मानिसले जागीर खान्छ, कविले हैन । लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषा प्रकाशनी समितिमा महाकवि बन्न भनेर जागीर खाएको पक्कै होइन ! तर साझा प्रकाशनले महाकवि देवकोटाका कृतिउपर यत्रो लोभ किन देखाइरहेको छ ? कसैले मलाई यसको कारण बताइदिन सक्छ कि ?
मैले महाकवि देवकोटाका पुस्तकहरूको रायल्टिबाट अनगिन्ति धन कमाएको छु भनेर हल्ला फिंजाउने व्यक्तिहरूको चित्त बुझउन साझा प्रकाशनबाट आर्थिक वर्ष ०५८/५९ देखि ०६६/६७ सम्ममा आफैले सही गरेर बुझिलिएको रायल्टि रकमको विवरण स्वेच्छाले तल सार्वजनिक गरेको छु । यस देशमा अनेकौ तहमा कत्रा कत्रा आर्थिक अनियमितता भइरहेको बेलामा दुनियाँ मैमाथि खनिनु पर्ने कारण के रहेछ ? आज कुनै कानुनी मान्यता उल्लङ्घन नगरिकन पैतृक सम्पति प्राप्त गर्दा सोको विवरण सार्वजनिक गर्नुपर्ने स्थितिमा मलाई यस समाजको संवेदनशीलता र सभ्यताले पुर्याएको छ । यस विषयमा भने दु:ख लाग्नु स्वाभाविक हो । मैले प्राप्त गरेको लेखकस्व विवरण निम्न प्रकारको छ :–
क्रम संख्या आर्थिक वर्ष जम्मा रकम (रुपैयाँ)
१। ०५८/०५९ २०,८१७।२०
२। ०५९/०६० २१,०००।००
३। ०६०/०६१ १४,५००।००
४। ०६१/०६२ २०,०००।००
५। ०६२/०६३ १५,०००।००
६। ०६३/०६४ १०,०००।००
७। ०६४/०६५ ३०,०००।००
८। ०६५/०६६ ––– (लिएको छैन)
९। ०६६/०६७ ३२,०००।००
जम्मा रकम = १,६३,३१७।२०
सर्वप्रथम, यसबाट मैले लेखकस्व स्वरूप प्रतिवर्ष रु १८,१४६।३६ पाएको देखिन्छ । अनि, मेरी माता मनदेवी २०५६ साल फागुणमा बित्नु भएपछि उहाँकै निम्ति पनि आर्थिक वर्ष ०५७/०५८को लेखकस्व खर्च भएको छ । यस राष्ट्रले कवि–कुञ्ज र महाकविको सम्पति मात्र देख्यो तर कवि–कुञ्जकी घरधनी अर्थात् महाकवि देवकोटाकी सुपुत्री मीरा देवकोटाको बेहाल देखेन । उहाँ अर्बुद रोगबाट यही २०६७ साल फागुन १९ गते परलोक हुनुभयो । कुनै नेताका संन्तान भइदिएको भए उहाँको पनि विदेशमा उपचार हुन्थ्यो होला । हामी सर्वसाधारण ! हामीलाई जसले जे भने पनि हुन्छ क्यार ? असंवेदनशीलताको सीमा छैन ।
अन्त्यमा
नेताको सन्तान हुनु र महाकविको सन्तान हुनुमा ठूलो अन्तर रहेछ । महाकवि देवकोटा नेता भइदिएको भए उहाँको नाममा ट्रष्ट खुलिसक्थ्यो र राष्ट्रले सो ट्रष्टलाई सालैपिछे बजेटमा रकम छुट्टाइसक्थ्यो । उनका सन्तानले “तैंले यसो गरिनस् र उसो गरिनस्” भन्ने वचन सुन्नुपर्ने थिएन । सचेत र संवेदनशील समाजले यसरी साहित्यकारका सन्तानलाई गाली गर्दैन भने महाकविका अनेकौं साहित्यिक कृति अध्ययन नगरेका नेपाली समाजले महाकविकी श्रीमतिलाई समेत अनेकौं थरी आरोप लगाएर आफ्नो सभ्यताको पहिचान दिएको छ । सभ्य र संवेदनशील समाजले त उत्कृष्ट साहित्यको अध्ययन गर्छ । तर यस मुलूकमा भने महाकवि देवकोटा बुझेर पढ्ने त परै जाओस् पढ्ने मात्रकोभन्दा उहाँका बारेमा धेरै गफ हाँक्नेको, उहाँको निम्ति केही गर्नेकोभन्दा उहाँका निम्ति केही गरिएन भन्नेको र उहाँको प्रचार गर्नेकोभन्दा उहाँको नाममा आत्मप्रचार गर्नेको भीड लागेको मेरो अनुभव छ ।
महाकवि देवकोटाको प्रचार गर्ने साझा दायीत्व सबैले स्वीकारेर एकले आर्कोलाई सहायता गर्नु वा आफूले सकेको ठाउँबाट सकेको काम गर्नु बुद्धिमानी हो । कसैलाई यस्ता अनेकौं गलत दोषारोपन गर्नुको साटो सम्बन्धित दुवै पक्षलाई न्याय हुने तवरले अनुसन्धान गरिएका सप्रमाण तथ्यहरू मात्र प्रस्तुत गर्नु सही पत्रकारीता हो भन्ने याद दिलाउँदै उत्तरदायी सम्पादकहरूलाई कुभावपूर्ण र सन्सनी फैलाउने खालका लेखहरू आफ्ना पत्रिकामा छाप्न अस्वीकार गर्ने नैतिक आँट देखाउन यही लेखद्वारा आव्हान गर्दछु । “मैले त फलानालाई क्या दनक दिएँ !” भन्ने मानसिकताले राष्ट्रलाई कुनै सभ्यताको शिखरमा नपुर्याउने तथ्य प्रष्ट छ भने चिन्तनको तहमा उक्लिएर लेख्न नसके वापत व्यक्तिगत आच्छेपमा रमाउने साहित्यकार र लेखकहरू जतिले सुङ्गुर पालनको व्यबसाय अपनाउनु राष्ट्रको निम्ति बढी उपयोगी हुने देख्दछु ।
(कात्र्तिक २०६६ सालको मधुपर्क (महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी विशेषाङ्क) मा छापिएको कृष्ण अविरलको “महाकवि : उपेक्षा, असहयोग र लेखकस्व विवाद” शीर्षकको लेखमा मलाई लिएर केही चरित्रहत्या गर्ने खालका आरोप र मानहानीहरू परेका रहेछन् भन्ने कुरा २०६७ सालको चैत्रको आधाआधीपछि मात्र थाहा पाएँ र त्यसको लगत्तै यो लेख लेखेको हूँ । यस लेखलाई वैशाख ९, २०६८ सालमा मधुपर्कमा छाप्न भनेर पठाएको थिएँ, तर वैशाख २३, २०६८ का दिन मधुपर्कका सम्पादकले “हामीले सल्लाहा गर्यौं र तपाईंको लेख मधुपर्कमा नछाप्ने भयौं,” भन्नु भएपछि अन्त छाप्न परेको हो । – लेखक)

यसरी उत्तरदायी छौं भन्ने संस्थाका अनुत्तरदायी अध्यक्षको व्यबहारको कारणले सभ्यताको आधारभूत शिष्टता र नैतिकता गुमेको तीक्त अनुभव गर्दै मैले नेपाल सांस्कृतिक संघको विरूद्ध उजुरी हालेको हूँ । जहाँ संवेदनशीलताको उल्लङ्घन हुन्छ त्यहाँ सहयोगको अपेक्षा अव्याबहारिक हुन्छ ।नेपाल सांस्कृतिक संघ, कालीकास्थान, ले निर्देशक श्री यादव खरेललाई अनुरोध गरेर बनाउन लगाएको मेरा पिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी तथा कृतिहरूमा आधारित वृत्तचित्रको प्रयोजनको लागि भनेर मैले सहायता गर्ने सिलसिलामा आफ्ना एलबमका फोटोहरू नेपाल सांस्कृतिक संघलाई उपलब्ध गराएको थिएँ ती फोटोहरू २०६४ सालको लक्ष्मीपूजाको दिनमा नेपाल एभि न्यू टेलेभिजनबाट अप्रत्याशित रुपमा प्रसारण भएको देखेपछि तथ्य बुझ्दै जाँदा नेपाल सांस्कृतिक संघले मकहाँबाट वृत्तचित्रको प्रयोजनका लागि लगेका फोटोहरू श्री यादव खरेलले लेख्नु भएको पुस्तकमा समेत छापिइसकेको र वृत्तचित्रको साथै सो पुस्तक समेतको विमोचनको तयारी गर्दैगरेको तथ्य खुल्न आएको हुँदा महाकविका फोटोहरू यसरी अनाधिकृत रूपमा प्रचार गर्ने र सोबाट लाभ उठाउने जस्ता कार्यबाट नेपाल सांस्कृतिक संघ, कालीकास्थान, लाई रोकिदिनु हुन विनम्र अनुरोध गर्दछु ।
इगो
यादव खरेलजीका अनन्य मित्र प्रा.डा. अभि सुवेदीसँगको मेरो “इगो”को टक्करले गर्दा महाकवि देवकोटाको वृत्तचित्र निर्माणमा असर परेको कुरालाई लिएर कृष्ण अविरलको लेखले मलाई आक्षेप लगाएको छ । मेरो “इगो”को कुरा जहाँसम्म छ, यो प्रा.डा. अभि सुवेदीकै प्रचारबाजीको खेल हो रहेछ भने पनि मलाई आश्चर्य लाग्नेछैन । उहाँले नचाहाँदा नचाहाँदै पनि अंग्रेजी विभागमा आगो लगाउने ब्याचका विद्यार्थीहरूकै मुखबाट हामीले सुनेको कुरा यो हो कि उनिहरूले विभागिय प्रमुख प्रा.डा. अभि सुवेदीकै कारणले विभागमा आगो लगाएका हुन् । विद्यार्थीहरू आफै भन्छन्, त्यस दिन प्रा.डा. अभि सुवेदी विभागमा उपस्थित हुनुहुँदो हो त आगो लाग्ने संभावना घट्ने थियो ।
अनि आगो त विदेशका अन्य विश्वविद्यालयमा पनि लाग्छन् । सन् २००४ सालमा जापानको युनिभर्सिटी अफ् टोकियोका इमामिचि टोमोनोबुले लेखेका र मेरी ई. फस्टरले अंग्रेजीमा उल्था गरेको पुस्तकको Fire in the Dean’s Office नामको चौऔन्नौं अध्यायमा यसरी कुनै विद्यार्थीलाई डीनको कार्यालयमा आगो लगाए वापत सजाय दिन नसके तापनि विश्वविद्यालयका प्रेजिडेन्ट मुकाइबो ताकासी र फ्याकल्टि डीन इमामिचि टोमोनोबुको क्रमश ३ महिना र ६ महिनाको तलब काटेर फ्याकल्टि अफ लेटर्सका डाइरेक्टर नामामुरा केनलाई शिक्षा मन्त्रालयले “कामबाट भागेको” आरोप लगाएर स्पष्टिकरण मागेको कुरा खुल्न आएको छ । तर नेपालमा भने विभागमा आगो लगाइएको बेलामा अनुपस्थित विभागिय प्रमुखसँग स्पष्टिकरण कसैले मागेन र विभागमा आगो लागे वापत कसैले पनि सजाय भोग्न परेन भने विभागाध्यक्ष प्रा.डा. अभि सुवेदीका अनन्य पत्रकार मित्रहरूले विभागको आन्तरिक यथार्थको वेवास्ता गर्दै पत्रपत्रिकामा उहाँलाई भिक्टिमको रूपमा प्रचार गर्न थालेपछि मैले पनि कान्तिपूर दैनिकमा विभागको भित्री र फरक दृष्टिकोण जनतालाई अवगत गराउन एउटा लेख लेखेपछि प्रा.डा. अभि सुवेदी र उहाँका अनुयायीहरूले मेरा बारेमा अनेकौं गलत कथा हाल्न थालेका हुन् । नपुंशकलाई ढाल बनाएर वाण हान्ने काम महाभारतमा मात्र भएको छैन । तर यस प्रकारको काम नरोकेको खण्डमा भविष्यमा अरू यथार्थको विवरण सार्वजनिक गर्न म बाध्य हुने देखेको छु । अरूलाई पनि थाहा भएका कुरा भए तापनि सभ्यताको कारणले हाललाई अन्य यथार्थका विवरण दिन नचाहेको हूँ ।
मैले न ख्याति खोजेको छु, न ठूलो आयआर्जन, न त बाँच्नकालागि माफिया वा पार्टीको आधार ! विद्याको क्षेत्रमा सबैको आ–आफ्नै कमाई हो । मैले आफूलाई साहित्यकार वा कविको रूपमा स्थापित गर्न खोजेको भएपनि प्रतिश्पर्धा चल्यो भन्न मिल्थ्यो होला, तर म यस क्षेत्रमा संलग्न छैन । मैले प्रशासनिक पदसम्म पनि नचाहेको अवस्थामा साथीहरूको आग्रहमा विभागको आगो पछि केही समय प्रशासन सम्भालेको हूँ । जब प्रा.डा. अभि सुवेदीसँग मेरो कुनै लेनदेन छैन, त्यहाँ इगोको कुरा कहाँबाट आउँछ ? अनि अरू कसैसँग नभएर प्रा.डा. अभि सुवेदीसँग मात्र इगोको कुरा कसरी आयो होला ?
अनि इगोको अर्थ के र यसले महाकवि देवकोटाको वृत्तचित्रमा कसरी असर पार्यो ? महाकविसँग वृत्तचित्रमा गाँसिन पाउँदा बरू प्रा.डा. अभि सुवेदीको इगो रम्रमायो होला ! उहाँ यस्ता क्षणका लोभि हुनुहुन्छ । अनि, उहाँ साहित्यकारको माझमा म प्राध्यापक हूँ भन्दै प्राध्यापकको माझमा म कवि हूँ भन्दै आफ्नो परिचय दिन खुसाउनु हुन्छ । विभागमा विद्यार्थीले आगो लगाएपछि विभागका सबै शिक्षकलाई त्रि.वि.को उप–कुलपतिसँ भेट गराउन विभागिय प्रमुखको हैसियतले समय लिइदेऊन भनेर सिनियर कलिगहरूले भन्दा उप–कुलपतिको फुर्सद छैन रे भन्दै उन्नाइस दिनसम्म मैले विभागका साथिहरूलाई अल्मलाएको छैन । यसै सन्दर्भमा कमसेकम आफ्नै विद्यार्थीहरूको मुखबाट उनिहरूले किन विभागमा आगो लगाएका हुन थाहा पाउन उनिहरूसँगै सोध्ने उद्देश्यले उनिहरूलाईसमेत सामेल गराएर बैठक बोलाइदेउन भन्दा साथिहरूलाई झुक्काएर मैले विद्यार्थी युनियनको प्रतिनिधिलाई मात्र बैठकमा बोलाएको छैन ।
वास्तवमा इगो खोज्ने नै हो भने लेखकका रचनाहरूका मात्र अध्यन गरे पनि पुग्छ । बराबर कान्तिपूर दैनिक र काठमान्डु पोष्टमा आग्रादेखि रुमल्लिएर गाग्रासम्म पुगेका प्रा.डा. अभि सुवेदीका लेखहरू जाँच्ने क्षमता भएका पाठकले ती लेख पढ्दा के पाउँछन् ? “म ! म यहाँ गएँ ! मैले यसो गरेँ ! मैले उसो गरें !” इगो भनेको यो पो त हो ! बराबर अशुद्ध अंग्रेजीमा सिलसिला नमिलेका लेखमा पाश्चात्य साहित्य सिद्धान्तका नयाँ शब्दहरू प्रयोग गरेर साधारण पाठकउपर आफ्नो ज्ञानको प्रभाव पार्न चेष्टारत विद्वान प्रा.डा. अभि सुवेदी कलम्निष्ट भए वापत चिरपरिचित हुनुहुन्छ । गोविन्दराज जोशी र चिरञ्जीवी वाग्लेलाई टिभिमा देखिरहने कसले चिन्दैन र ? तर अमेरिका जान भिसा नपाएकोमा पत्रिकामा गुनासो गरेपछि अमेरिकी राजदूतले काठमान्डु पोष्टमा “अभि सुवेदी त हाम्रै सम्पर्कका मानिस हुनुहुन्छ, भिसा नदिने कुरै भएन” भनेर लेखेपछि कसैले उसलाई जवाफ लेख्न सक्यो ? मलाई पनि बराबर यस देशका सबैभन्दा ठूला विद्वान पत्रिकाका कलम्निष्ट नै हुन् कि भन्ने लाग्छ !
अनि अंग्रेजी विभागमा पढाउन भनेर त्रि.वि. सेवाले जागीर दिएका शिक्षकले केही विद्यार्थीलाई मात्र अँगालो हालेर माया गरेपछि विभागमा आगो लाग्छ । तर विभागमा लागेको आगोको काण्डपछिको प्रथम कक्षामा गएर विभागाध्यक्ष प्रा.डा. अभि सुवेदीले उहाँ आफूहरू “विद्यार्थीलाई माया गर्ने” र विभागका अरू साथीहरू “विद्यार्थीलाई माया नगर्ने” हुन् भनेर क्लासमा पढ्न बसेका विद्यार्थीकै अगाडि भनेर विभागलाई दुइ फ्याक पार्नु भएको हो । एकातिर यस्ता उदाहरण अरू पनि छन् भने आर्कोतिर चुप लागेर आफ्नै अध्ययन र लेखनमा व्यस्त रहन चाहाने मलाई इगोको समेत आक्षेप लगाउने षडयन्त्रकारी को होला त ? यसको जवाफ कृष्ण अविरलहरूले दिन सक्लान् ?
लेखकस्व
अनि त्रिभुवन विश्वविद्यालयका अर्का नेपालीका प्राध्यापकको चर्चा गरौं । भिक्टर प्रधानको असीम ज्ञान यसरी कृष्ण अविरलको लेखमा बोलेको छ, “हामीले छापेका कृति महाकवि ले नेपाली भाषा प्रकाशनी समितिको जागिरे भएवापत लेखेको कृतिहरू मात्र हुन् ।” यसैलाई कारण देखाएर उहाँ देवकोटा परिवारलाई लेखकस्व नदिए पनि हुन्छ भन्ने तर्क गर्नुहुन्छ । यसरी विश्वमा कहीँ नहुने कुरा नेपालमा भएको देखेर मलाई उदेक लागेको छ । यस देशमा कवि र सर्जकले आफ्नो सिर्जना बेच्न जागीर खाँदा रहेछन् ! यो ज्ञान मसँग थिएन ! मलाई त लाग्थ्यो कि मानिसले पैसा कमाउन जागीर खान्छ, आफ्नो सिर्जना बेच्न हैन । मलाई लाग्थ्यो, मानिसले जागीर खान्छ, कविले हैन । लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषा प्रकाशनी समितिमा महाकवि बन्न भनेर जागीर खाएको पक्कै होइन ! तर साझा प्रकाशनले महाकवि देवकोटाका कृतिउपर यत्रो लोभ किन देखाइरहेको छ ? कसैले मलाई यसको कारण बताइदिन सक्छ कि ?
मैले महाकवि देवकोटाका पुस्तकहरूको रायल्टिबाट अनगिन्ति धन कमाएको छु भनेर हल्ला फिंजाउने व्यक्तिहरूको चित्त बुझउन साझा प्रकाशनबाट आर्थिक वर्ष ०५८/५९ देखि ०६६/६७ सम्ममा आफैले सही गरेर बुझिलिएको रायल्टि रकमको विवरण स्वेच्छाले तल सार्वजनिक गरेको छु । यस देशमा अनेकौ तहमा कत्रा कत्रा आर्थिक अनियमितता भइरहेको बेलामा दुनियाँ मैमाथि खनिनु पर्ने कारण के रहेछ ? आज कुनै कानुनी मान्यता उल्लङ्घन नगरिकन पैतृक सम्पति प्राप्त गर्दा सोको विवरण सार्वजनिक गर्नुपर्ने स्थितिमा मलाई यस समाजको संवेदनशीलता र सभ्यताले पुर्याएको छ । यस विषयमा भने दु:ख लाग्नु स्वाभाविक हो । मैले प्राप्त गरेको लेखकस्व विवरण निम्न प्रकारको छ :–
क्रम संख्या आर्थिक वर्ष जम्मा रकम (रुपैयाँ)
१। ०५८/०५९ २०,८१७।२०
२। ०५९/०६० २१,०००।००
३। ०६०/०६१ १४,५००।००
४। ०६१/०६२ २०,०००।००
५। ०६२/०६३ १५,०००।००
६। ०६३/०६४ १०,०००।००
७। ०६४/०६५ ३०,०००।००
८। ०६५/०६६ ––– (लिएको छैन)
९। ०६६/०६७ ३२,०००।००
जम्मा रकम = १,६३,३१७।२०
सर्वप्रथम, यसबाट मैले लेखकस्व स्वरूप प्रतिवर्ष रु १८,१४६।३६ पाएको देखिन्छ । अनि, मेरी माता मनदेवी २०५६ साल फागुणमा बित्नु भएपछि उहाँकै निम्ति पनि आर्थिक वर्ष ०५७/०५८को लेखकस्व खर्च भएको छ । यस राष्ट्रले कवि–कुञ्ज र महाकविको सम्पति मात्र देख्यो तर कवि–कुञ्जकी घरधनी अर्थात् महाकवि देवकोटाकी सुपुत्री मीरा देवकोटाको बेहाल देखेन । उहाँ अर्बुद रोगबाट यही २०६७ साल फागुन १९ गते परलोक हुनुभयो । कुनै नेताका संन्तान भइदिएको भए उहाँको पनि विदेशमा उपचार हुन्थ्यो होला । हामी सर्वसाधारण ! हामीलाई जसले जे भने पनि हुन्छ क्यार ? असंवेदनशीलताको सीमा छैन ।
अन्त्यमा
नेताको सन्तान हुनु र महाकविको सन्तान हुनुमा ठूलो अन्तर रहेछ । महाकवि देवकोटा नेता भइदिएको भए उहाँको नाममा ट्रष्ट खुलिसक्थ्यो र राष्ट्रले सो ट्रष्टलाई सालैपिछे बजेटमा रकम छुट्टाइसक्थ्यो । उनका सन्तानले “तैंले यसो गरिनस् र उसो गरिनस्” भन्ने वचन सुन्नुपर्ने थिएन । सचेत र संवेदनशील समाजले यसरी साहित्यकारका सन्तानलाई गाली गर्दैन भने महाकविका अनेकौं साहित्यिक कृति अध्ययन नगरेका नेपाली समाजले महाकविकी श्रीमतिलाई समेत अनेकौं थरी आरोप लगाएर आफ्नो सभ्यताको पहिचान दिएको छ । सभ्य र संवेदनशील समाजले त उत्कृष्ट साहित्यको अध्ययन गर्छ । तर यस मुलूकमा भने महाकवि देवकोटा बुझेर पढ्ने त परै जाओस् पढ्ने मात्रकोभन्दा उहाँका बारेमा धेरै गफ हाँक्नेको, उहाँको निम्ति केही गर्नेकोभन्दा उहाँका निम्ति केही गरिएन भन्नेको र उहाँको प्रचार गर्नेकोभन्दा उहाँको नाममा आत्मप्रचार गर्नेको भीड लागेको मेरो अनुभव छ ।
महाकवि देवकोटाको प्रचार गर्ने साझा दायीत्व सबैले स्वीकारेर एकले आर्कोलाई सहायता गर्नु वा आफूले सकेको ठाउँबाट सकेको काम गर्नु बुद्धिमानी हो । कसैलाई यस्ता अनेकौं गलत दोषारोपन गर्नुको साटो सम्बन्धित दुवै पक्षलाई न्याय हुने तवरले अनुसन्धान गरिएका सप्रमाण तथ्यहरू मात्र प्रस्तुत गर्नु सही पत्रकारीता हो भन्ने याद दिलाउँदै उत्तरदायी सम्पादकहरूलाई कुभावपूर्ण र सन्सनी फैलाउने खालका लेखहरू आफ्ना पत्रिकामा छाप्न अस्वीकार गर्ने नैतिक आँट देखाउन यही लेखद्वारा आव्हान गर्दछु । “मैले त फलानालाई क्या दनक दिएँ !” भन्ने मानसिकताले राष्ट्रलाई कुनै सभ्यताको शिखरमा नपुर्याउने तथ्य प्रष्ट छ भने चिन्तनको तहमा उक्लिएर लेख्न नसके वापत व्यक्तिगत आच्छेपमा रमाउने साहित्यकार र लेखकहरू जतिले सुङ्गुर पालनको व्यबसाय अपनाउनु राष्ट्रको निम्ति बढी उपयोगी हुने देख्दछु ।
(कात्र्तिक २०६६ सालको मधुपर्क (महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी विशेषाङ्क) मा छापिएको कृष्ण अविरलको “महाकवि : उपेक्षा, असहयोग र लेखकस्व विवाद” शीर्षकको लेखमा मलाई लिएर केही चरित्रहत्या गर्ने खालका आरोप र मानहानीहरू परेका रहेछन् भन्ने कुरा २०६७ सालको चैत्रको आधाआधीपछि मात्र थाहा पाएँ र त्यसको लगत्तै यो लेख लेखेको हूँ । यस लेखलाई वैशाख ९, २०६८ सालमा मधुपर्कमा छाप्न भनेर पठाएको थिएँ, तर वैशाख २३, २०६८ का दिन मधुपर्कका सम्पादकले “हामीले सल्लाहा गर्यौं र तपाईंको लेख मधुपर्कमा नछाप्ने भयौं,” भन्नु भएपछि अन्त छाप्न परेको हो । – लेखक)
Tuesday, June 28, 2011
दोहोरो मापदण्डको प्रयोग
श्री श्रीओम श्रेष्ठज्यू
सम्पादक
मधुपर्क
गोर्खापत्र संस्थान
काठमाडौं
मिति : वैशाख २५, २०६८
विषय : दोहोरो मापदण्डको प्रयोग बारे ।
पत्रकारिताको नियम अनुसार कसैले यौटा पत्रिकामा कुनै व्यक्तिलाई आक्षेप लगाएर मानहानी वा चरित्रहत्या हुने गरी लेख छाप्यो भने यसरी मानहानी वा चरित्रहत्या गरिएको व्यक्तिले सोहि पत्रिकामा आफ्ना कुराहरू जनतालाई बताउन पाउने नैसर्गिक अधिकार प्रजातान्त्रिक अभ्यास हो । कात्र्तिक २०६६ सालको मधुपर्क (महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी विशेषाङ्क) मा छापिएको कृष्ण अविरलको “महाकवि : उपेक्षा, असहयोग र लेखकस्व विवाद” शीर्षकको लेखमा मलाई लिएर केही चरित्रहत्या गर्ने खालका आरोप र मानहानीहरू परेका रहेछन् भन्ने कुरा २०६७ सालको चैत्रको आधाआधीपछि मात्र थाहा पाएँ र त्यसको लगत्तै त्यस लेखको प्रतित्रिया पनि लेखें । मैले लेखेको सो लेख तपाईंलाई वैशाख ९, २०६८ सालमा मधुपर्कमा छाप्न भनेर पठाएको हुँ । बीचका अनेकौं फोनवार्तापछि वैशाख २३, २०६८ का दिन तपाईंले फोनबाट बताउनु भयो, “हामीले सल्लाहा गर्यौं र तपाईंको लेख मधुपर्कमा नछाप्ने भयौं ।” मेरो जवाफ थियो, “म गोर्खापत्र संस्थानको निर्णयको कदर गर्छु, तर म तपाईंहरूको निर्णयसँग सहमत छैन ।”
तपाईंकै अनुसार मेरो लेख नछाप्ने कारण मध्ये प्रमुख कारण निम्न तीनवटा रहेको बुझेको छु :– १) लामो भयो (कम्प्युटरमा आठ पेज लामो थियो), २) त्रि.वि. केन्द्रीय अंग्रेजी विभागको पुरानो आगोको इतिहास दोहोरियो र ३) अभि सुवेदीका बारेमा भनिएका कुरा कडा भए । के मेरा बारेमा छापिएका कुरा कडा थिएनन् ? कृष्ण अविरलको लेख छाप्ने बेलामा यो कुरा किन सोचिएन ? जनताले पसिना चुहाएर कर तिरेर पालेको संस्थानले दोहोरो मापदण्ड अपनाएर मेरा बारेमा अनेकौं गलत प्रचार गरिसकेपछि मैले बोलेको सत्यले कुनै संरक्षित व्यक्तिको छवि धमिलिएला कि भनेर मेरा पक्षका तर्क छाप्न अस्वीकार गर्नु कति न्यायोचित हो ? यो भन्दा ठूलो विडम्बना के हुन सक्छ ? मेरा बारेमा अनेकौं गलत आरोप र चरित्रहत्या छाप्न तपाईंलाई जति सहज थियो मैले आफ्नो लेखमा बोलेको सत्य छाप्न तपाईं उति नै डराउनु भयो । यो अनैतिक पत्रकारिता हो ।
“तपाईंले तीललाई पहाड बनाउनु भयो” भनेर तपाईंले मलाई फोनबाट भन्नुभएको कुरा पनि ठीक होइन । दैनिक पत्रपत्रिकामा मृत्युको समाचार पढिरहेका व्यक्तिका लागि मृत्यु समाचार बन्न छोडेझैं एकआर्कालाई लुछिरहने कवि र साहित्यकारका ह्दयले गैंडाको छाला ओडिसकेका हुन्छन् । त्यसैले उनिहरूलाई मुङ्ग्रोको मारसमेत पुष्पस्पर्श लाग्दो हो । मेरानिम्ति कृष्ण अविरलको लेखमा मुङ्ग्रोकै प्रहार थियो । यो कुरा तपाईंले बुझ्नुभएन ।
र अन्त्यमा कुरा प्रष्ट होस् कि राष्ट्रको शिक्षा र संम्पति नाश्ने अधिकार कसैको नहुँदा नहुँदै पनि त्रि.वि. केन्द्रीय अंग्रेजी विभागको आगो केही होइन भन्नेहरूले यो कुरा बुझ्न बाँकी छ कि बार्ह वर्ष त के बीस वर्ष पछि पनि भावि पुस्ताले यसको कारण खोज्ने छन् । सत्यलाई जति टाउकोमा ठटाए पनि त्यसले टाउको उठाइरहने छ । सत्यको जीत सभ्य समाजको आवश्यकता हो ।
प्रजातान्त्रिक अभ्यासतिर तपाईंहरूको मन जाओस्,
मधुपर्कको शुभचिन्तक,

गिट्टी कुट्ने महिला
पद्म देवकोटा
गिट्टी कुट्ने महिला
माटा डल्ला देख्ने आँखा माटो सिवाय देख्दैन,
भावविना जो लेख्दछ त्यसले आध्यात्मिक सत्य लेख्दैन ।
ढुङ्गा फोर्ने महिलालाई सोध, “के अैया सुन्यौ कतै ?”
उसले भन्ली, “कसले सुन्छ ? ह्द्ध्वनिको पीडा कठै !”
मन छ धुपको धुवाँ जस्तै स्वर्ग–पिपाषु, हरिकिच्च !
कोमलताले घन उचाली थुक्दछे धरतीलाई पिच्च ।
धुवाँ घुम्रिई, पतली जान्छ, पाषाण बोल्दछ, “ट्वाक्क !”
अर्थविनाको माटा डल्लो बुझिकन महिला छ वाक्क ।
जिवन भन्नु रीक्ततामा हो लम्बिएको दर्द भने
तिम्रो आत्मा घन हो है ! सिङ्गो विश्व छ एक पत्थर !
उठ्नु छ फोडी यसलाई, उक्लिनु छ सगर भने,
नारी, उभिऊ पत्थरमाथि ! विश्वसमक्ष किन थर्थर ?
माटो रोला शक्ति तिम्रो पढि, बुझिकन गिट्टिमा
“सक्दैन” भन्ला “यस्तो शक्ति मिल्न कुनै दिन मिट्टीमा ।”

Subscribe to:
Posts (Atom)