कात्तिक २८, २०७७ को इकागजमा सामीप्यराज तिमल्सेनाले लेख्नुभएको “यादव खरेलको महाकवि प्रेम” शीर्षकको लेख पढेँ ।
लेखिएको रहेछ, “छोराछोरीको कुरा राख्न पाएको भए राम्रै हुन्थ्यो होला तर छोराहरूले खासै रुचि देखाउनु भएन ।”
मेरो संझनामा यादव खरेलजीले पहिले मसँग पनि अन्तर्वाता लिने सोच राख्नुभएको थियो, तर कुनै कारणवश उहाँले मलाई एक दिन भन्नुभयो, “मित्रनाथजीको उमेर पनि भइसकेकोले यस वृत्तचित्रमा उहाँको अन्तर्वाता राख्न उचित होला । तपाईंको नराखौ है ?” मैले यस विषयमा हुन्न भन्ने ठाऊँ थिएन । मेरो पनि अन्तर्वाता राख्नुपर्छ भन्ने वाला म पक्कै थिइन !
No comments:
Post a Comment